arrow

बाह्र किलो चरेससहित दुई पक्राउ

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
kailali.jpg.jpeg
कञ्चनपुर । सुदूरपश्चिम प्रहरीको विशेष अनुसन्धान टोलीले कैलालीको अत्तरिया नगरपालिका–४ बाट गएराति १२ किलो चरेससहित दुईजनालाई पक्राउ गरेको छ । विशेष सुराकीका आधारमा से३प ३३५८ नंको स्कुटीमा सेतो बोरामा कपासमा बेरेर चरेस ल्याउँदै गर्दा बझाङ लेकगाउँका भीम धामी र दहबगरका प्रेम धामीलाई चरेससहित पक्राउ गरेको अनुसन्धान टोलीका प्रमुख वीरेन्द्र जोहारीले बताए । 
 
भारतीय व्यापारीसँग चरेस बेच्नका लागि ल्याउँदै गर्दा पक्राउ गरिएको दुवैजनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाएको धामीले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ