arrow

पौडेलले देउवालाई भने- ‘तपाईंलाई पुज्ने कि गणेशमानलाई ?’

logo
प्रकाशित २०७५ वैशाख १५ शनिबार
deuba-poudel.png

काठमाडौं। नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवा गुटबाट माथि उठ्न नसकेको आरोप लगाएका छन्। 

प्रतिनिधि र प्रदेशसभा निर्वाचन समीक्षाका लागि चैत ९ गतेबाट जारी केन्द्रीय समितिको शुक्रबारको बैठकमा बोल्दै नेता पौडेलले देउवा सिंगो पार्टीको नेता बन्नु भन्दा गुट र समुहकै नेतामा रमाइएको आरोप लगाएका हुन। पार्टीको १३औं महाधिवेशनपछि देउवालाई भेटेर अब सिंगो पार्टीको नेता बनेर सबैलाई समेटेर अघि बढ्न आग्रह गरेको स्मरण गर्दै पौडेलले भने, ‘तर उहाँ तयार हुनु भएन। परिणाम आज कांग्रेसले कांग्रेसलाई हराएर आनन्द मान्ने ठाउँमा पुग्यौं।’

प्रतिनिधि र प्रदेशसभा निर्वाचन नेतृत्वकै कारण पार्टी पराजीत भएको दोहोर्याउँदै पौडेलले पार्टीलाई न्याय, निष्पक्ष र पारदर्शी ढंगबाट अघि बढाउन नसक्दा निर्वाचनमा ठूलो क्षेती भएको जिकिर गरेका छन्। पुरानो कार्यशैलीलाई नसच्याए पार्टी अझ कमजोर बन्ने गुनासो गर्दै उनले सबैलाई समेटेर अघि बढ्न सके मात्र पार्टी संगठन सुदृढ र मजबुत बन्ने सुझाए।

नेतृत्वलाई त्यागको भावना देखाउन आग्रह गर्दै पौडेलले सत्ताका लागि मरिहत्ते नगर्न सभापति देउवालाई सुझाएका छन्। ‘गणेशमान ९गणेशमान सिंह० जी कति पटक प्रधानमन्त्री हुनुभयो र देउवा ९शेरबहादुर देउवा० जी कति पटक प्रधानमन्त्री हुनुभयो रु जनताले गणेशमानलाई पुज्छन् कि देउवाजीलाई?’

पार्टी सभापति र तत्कालीन गृहमन्त्री समेत रहेका केन्द्रीय सदस्य बिमलेन्द्र निधिबीच नेपाल प्रहरीको आइजीपी नियुक्तीमा देखिएको फरक मत, राजदूत सिफारीस, तत्कालीन प्रधान न्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग जस्ता विषयले पार्टीलाई निर्वाचनमा अपुरणीय क्षती पुगेको उनले सुनाएका थिए।

जेठभित्रै महासमिति बैठक र बैशाखमै जिल्ला सभापतिहरुको भेला बोलाउन नेतृत्वलाई आग्रह गर्दै पौडेलले देशभरी प्रशिक्षण अभियान चलाउनु पर्ने बताएका थिए ।

सभापतिको हुर्मत लिनेगरी पार्टीका शीर्ष नेताले लिखित धारणा बाहिर ल्याएको भन्दै देउवा पक्षीय नेताहरुले जारी बैठकमा पौडेलको तीब्र आलोचना गरेपछि उनले अधिकांस समय त्यसकै बचाउमा बिताएका थिए। बिहीबार दुई घण्टा बढि समय आफ्नो धारणा राख्नमा खर्चेका नेता विजयकुमार गच्छदारले शुक्रबारको बैठकमा पनि लामो बोलेपछि महामन्त्री शशांक कोइराला र सभापति शेरबहादुर देउवाले धारणा राख्न बाँकी नै छ। शनिबारको बैठकमा दुबै नेताले आ आफ्ना धारणा राख्नुको साथै सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिनेछन्।

बैठकले महासमिति, जिल्ला सभापतिहरुको बैठक र भेलाको मिति र स्थान तोक्नुको साथै संगठन सुदृढीकरणका लागि केन्द्रीय प्रतिनिधि खटाउने लगायतका विषयमा निर्णय लिनेछ।

त्यस्तै, रिक्त पदाधिकारी मनोनयनका लागि सभापति देउवाले शनिबारको बैठकमा नेताहरुको नाम प्रस्ताव गर्ने सम्भावना छ । निर्वाचित केन्द्रीय सदस्यहरु मध्यबाट सभापतिले एकरएक उपसभापति, महामन्त्री र सहमहामन्त्री मनोनयनका लागि केन्द्रीय समिति बैठकमा नाम प्रस्ताव गर्ने विधानको व्यवस्था छ।

उक्त प्रस्तावलाई निर्वाचित सदस्यहरुको बैठकले अनुमोदन गर्नुपर्ने विधानमा व्यवस्था छ । सोही अनुसार सभापति देउवाले विमलेन्द्र निधि, पूर्णबहादुर खड्का र प्रकाशशरण महतलाई उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि प्रस्ताव गर्ने गृहकार्यमा छन्।

यद्यपी उपसभापतिमा हालै कांग्रेस प्रवेस गरेका विजय कुमार गच्छदार र गोपालमान श्रेष्ठको पनि दाबी छ। गच्छदारलाई उपसभापति बनाउन विधानले नै दिंदैन। (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ