arrow

खेलकुद क्षेत्रमा बाजुराको पहिचान बढाउनु पर्छ: गिरी

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1195075421.jpeg

प्रेम रौले, बाजुरा । नेपाली काँग्रेसका नेता तथा पूर्व भुमिसुधार सहायक मन्त्री जनकराज गिरीले बाजुरा जिल्ला दुर्गम तथा राज्यबाट पछाडी पारिएको भन्दै अव जिल्लाको पहिचान र देश भरमा परिचित गर्नका लागि खेलकुद क्षेत्रको विकास गर्न आवश्यक रहेको बताएका छन् । प्रथम गिरीजा प्रसाद  कप फुटबल आयोजनामा बोल्दै गिरीले जिल्लामा लुकेर बसेका खेलप्रेमीहरु उजागर गर्ने विश्वास व्यक्त गरेका छन् ।

बाजुराको पहिचान दिनका लागि खेलकुद क्षेत्रमा ललगानी गर्न आबश्यक रहेको बताएका छन् । अहिलेको  सरकारले प्रत्येक जिल्लाका युवाहरुलाइ खेल क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन् । गिरीजा प्रसाद बाजुराले गरेको युवा मञ्च प्रथम गिरीजा प्रसाद कप फुुटबल कार्यक्रममा बोल्दै गिरीले भने बाजराका युवाहरुले गरेको खेलप्रतिको आकर्षण बढेको भन्दै खुसी भएको बताएका छन् ।

यस्तै निमित्त प्रमुख जिल्ला अधिकारी भीम बहादुर शाहीले यस खेलले इतिहासमा नै नाम रही रहने विश्वास गरेका छन् । उनले भने खेल क्षेत्र गाउँ देखि  जिल्ला सम्म खेलकुदको विकास गर्नु पर्ने बताएका छन् । उनले जिल्लामा रहेका प्रतिभाहरु प्रस्फुटन गर्नका लागि सबै क्षेत्रबाट सहयोग गर्नुपर्ने बताएका छन् ।

यस्तै प्रथम गिरीजा प्रसाद कप फुटबल आयोजनामा बोल्दै नेपाली काँग्रेस सेती अंचल समन्वय समिति सदस्य रामसिं रावलले भने गिरीजा प्रसाद कोइराला बाची रहेको भए अहिले देशमा भएका आन्दोलन, भारतले लगायको नाका बन्दी लगायतका समस्याको समाधान भएर जनताले सहज बातावरणमा बाच्ने पाउने जिकीर गरेका छन् । उनले भने गिरीजा प्रसाद कोइराला नेपाली जनताका माझ नभए पनि उनले गरेका कामको सम्मान र उच्च मुल्याङ्कन गर्नुपर्ने बताएका छन् । उनले अहिले बनेको नया संविधानमा खेलकुद क्षेत्र विकास गर्ने उल्लेख भएकाले यसलाइ सरकारले तुरुन्त व्यबहारमा ल्याउनु पर्ने बताएका छन् । खेल क्षेत्रमा लाग्ने खेलाडीहरुलाइ खेलकोमाध्यम सहज बातावरण बनाउनु पर्ने बताएका छन् ।

यस्तै जिल्लाका खेलकुद विकास समिति बाजुराका अध्यक्ष हिक्मत बहादुर थापाले भने सरकारले खेलकुदको बजेट निकासाको अख्तियार नदिएका कारणले अहिले हुने विराटनगरको भलिबलमा समस्या हुने भएको बताएका छन् । उनले  खेल क्षेत्रको उजागर गर्नका लागि तनमन र राष्ट्रबादको भावना भएमा खेलाडीले नै नेपालको उच्च शिर राख्न सहयोग गर्ने साथै खेलाडीहरुको सुरक्षा हुनुपर्ने  बताएका छन् । जिल्लामा आएको खेलकुदको बजेटलाइ पारदर्शिता बनाउन सधैं तत्पर  रहने प्रतिबद्धता गरेका छन् ।

यस्तै नेपालपत्रकार महासंघ जिल्ला शाखा बाजुराका अध्यक्ष मदनराज जोशीले जिल्लामा एक खेलकुद विकास समिति हुदा पनि प्रयाप्त मात्रामा खेल मैदान नहुदा खेल खेल्न समस्या भएको बताएका छन् । मंगलबारबातटद सुरु हुने प्रथम गिरीजा प्रसाद कप फुटबल प्रतियोगिता विगतको  अस्वस्थ्य प्रतिस्पर्दा भन्दा स्वस्थ्य प्रतिस्पर्दा गर्नुपर्ने बताए । खेल खेल्न आएका खेलाडीहरुमा विबादित नगरी स्वच्छ निपष्क्ष र विवाद  रहित खेल खेलाउन आग्रह गर्नुका साथैजिल्लामा रहेका सबै सञ्चार माध्यमबाट सहयोग हुने बताएका छन् । यसै गरी नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराका सदस्य पदम बडुवालले यस युवा मञ्चलाइ  सधैं सहयोग गर्ने बताएका छन् । यसैगरी गिरीजा प्रसाद युवा मञ्च बाजुराका  अध्यक्ष विरेन्द्र रावलले भने जिल्ला खेलकुदको आफ्नै खेल मैदान नभएकाले तत्कालिन अध्यक्ष हिक्मत थापाको पालामा खेल जगत बचाउनका  खेलमैदान निर्माण गर्न आग्रह गर्नु भएको छ । उनले भने गिरीा प्रसाद युवा मञ्च गठन गर्नाको मुख्य  कारण भने समाज रुपान्तरणका लागि साथै समाजलाइ नया बाटोमा लैजाने उद्देश्यले यो युवा मञ्च स्थापना गरेको बताएका छन् ।

उनले गिरीजा प्रसाद युवामञ्चको प्रथम गिरीजा प्रसाद कप फुटवल आयोजनामा प्रथम हुनेलाइ ६० हजार १ सय १ रुपैया र द्धितिय हुने टिमलाइ ३१ हजार १ सय १ रुपैया सहित मेडलको पुरस्कारको राशी रहेका रावलले जानकारी दिएका छन् । प्रथम गिरीजा प्रसाद कप फुटबल प्रतियोगितामा १६ टिम सहभागी रहेको छन्, भने खेल खेल्नका लागि छिमेकी जिल्ला अछामबाट सहभागि भएको रावलले जानकारी दिएका छन् प्रतियोगिता कार्तिक १७ गतेसम्म चल्ने रावलले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ