arrow

अनाथ बालबालिकाहरुको लागि ‘कम्प्युटर ल्याब’ स्थापना गर्न ढकालले चित्रकला प्रदर्शनी गर्दै

logo
प्रकाशित २०७५ वैशाख १९ बुधबार
Jwala_Dhakal.JPG

काठमाडौं। सेन्ट मेरिज उ.मा.विमा अध्ययनरत छात्रा ज्वाला ढकालले यही वैशाख २२ देखि २८ गतेसम्म एक सातासम्म एकल चित्रकला प्रर्दशनी गर्ने भएकी छिन् । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले यसबारेमा जानकारी गराएकी हुन् । काठमाडौंको बबरमहलस्थित् नेपाल आर्ट काउन्सिलमा हुने उक्त प्रदर्शनीको उद्धघाटन् भने संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले गर्ने उनले जनाईन् ।

प्रदर्शनीमा राखिने चित्रहरु समाज र प्रकृतिबारे केन्द्रित छन् । ढकालका अनुसार उक्त प्रर्दशनीमा १ सय १० चित्रहरु राखिनेछन् । प्रर्दशनीबाट संकलित रकमबाट ‘प्रयास नेपाल’ नामक अनाथालयमा रहेका बालबालिकाहरुको लागि ‘कम्प्युटर ल्याब’ स्थापना गरिने ढकालले विश्वास दिलाईन् । उनका अनुसार उक्त आश्रममा हाल ३२ जना बालबालिकाहरु बसोबास गरि रहेका छन् ।

उनले आफ्नो प्रर्दशनीलाई सफल बनाउनको लागि सबैले सहयोगी हातहरु अघि बढाउनको लागि पनि विशेष आग्रह गरेकी छिन् । उनले भनिन्,‘म पहिलो पटक एकल चित्रकला प्रदर्शनी गर्दैछु, यसलाई पूर्ण रुपमा सफल बनाउनको लागि मलाई यतिवेला सहयोगको खाँचो छ, सबैले सहयोगी हातहरु बढाईदिनुहोस्, चित्रकला प्रदर्शनीबाट संकलित रकम अनाथ बालबालिकाहरुको लागि खर्चिनेछु, उनीहरुलाई कम्प्युटर ल्याब बनाउने अठोट छ, मेरो सपना साकार पार्नको लागि सबै तह र तप्काका व्यत्तित्वहरुको सहयोगको खाँचो छ।’’

आफूसँग भएको समय र प्रतिभाको प्रयोग गरेर अनाथ बालबालिकाहरुको जीवनमा सहजता ल्याउनको लागि आफू लागिपरिरहेको बताउँदै ढकालले भनिन्,‘मैले गरेको सानो सहयोगेले पनि ती बालबालिकाहरुको जीवनमा ठूलो परिवर्तन आउन सक्छ भन्ने कुरामा म विश्वस्त छु।’
ढकाल सानैदेखि नै चित्रकला बनाउन रुचि राख्दिन् । कक्षा एकमा अध्ययन गर्दा नै उनको पहिलो लेख पत्रिकामा प्रकाशित भएको ढकालले जानकारी दिईन् ।

उनका अनुसार ढकालको चित्रकलाप्रतिको रुचिले गर्दा उनलाई कक्षा एकमा नै हुँदा पन्ध्र दिनका लागि नेपाल कमर्सियल आर्टिस्ट संघमा चित्रकला सिक्न राखियो र जहाँबाट उनले ‘दिपक कुँवर’ र ‘कैलशा के. श्रेष्ठ’ सरबाट पहिलोपल्ट कुची समाउन, रङ भर्न र अझ राम्रो चित्रकला बनाउन सिकेकी हुन् ।

त्यसपछि उनले आँफै विद्यालयका चित्रकला प्रतियोगिताहरुमा भाग लिन थालेकी हुन । पत्रकार सम्मेलनमा उनले भनिन्,‘प्रतियोगितमा भाग लिनु नै मेरो लागि ठूलो कुरा हो, हार जितहरुबाट मैले सिक्ने मौका पाएँ।’ कक्षा तीनको जाडो बिदालाई सदुपयोग गर्दै उनले ‘नेचर’ नामक पूस्तक प्रकाशन समेत गरेकी थिईन् ।
 
हालै एसिईई परिक्षा दिएकी उनले परिक्षा सम्पन्न भएपछि पछिल्ला २२ दिनमा ७० वटा चित्रहरु कोरेकी हुन् । स्थायी घर झापाको धरमपुर रहेकी ढकाल अहिले काठमाडौंको मैतिदेवीमा बस्दै आएकी छिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ