arrow

अफगानिस्तानमा बढ्यो हिंसा : विश्व प्रेस स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा पत्रकार परे हिंसामा

logo
प्रकाशित २०७५ वैशाख १९ बुधबार
afgansitan.jpg.jpeg

कान्दाहार, अफगानिस्तान । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा अफगान सेनाले मङ्गलबार रातभर गरेको हवाई आक्रमणमा परी २२ जना तालिवान लडाकूको मृत्यु भएको प्रान्तीय प्रहरी प्रमुखले बताएका छन् ।

केही दिनयता अफगानिस्तानमा हिंसा बढेको छ । तालिबानहरुले आत्मघाती हमलाका घटनामा बृद्धि गरेका छन् भने सेनाले पनि कारबाहीलाई जारी राखेको छ ।

घटनामा कम्तीमा २० जना अन्य लडाकू घाइते भएका बताइएको छ । तालिबान लडाकूले मङ्गलबार साँझपख अफगान सुरक्षा जाँच केन्द्रलाई लक्षितगरी आक्रमण सुरु गरेपछि अफगान राष्ट्रिय सेनाको हवाई फोर्सले विद्रोहीविरुद्ध कारबाही सुरु गरेको थियो ।

सैनिक जनरल अब्दुल राजिकले सिन्ह्वा समाचार समितिलाई बताएअनुसार तालिबानमाथि यस प्रान्तमा केही समयअघि मात्र पनि सेनाले कडा कारबाही गरेको थियो । सेनाले हवाई आक्रमण सुरु गरेपछि कैयौँ तालिबान लडाकू घटनास्थलबाट भागेका सेनाले बताएको छ ।

घटनास्थलबाट तालिबान समूहले प्रयोग गर्दै आएका कैयौँ गाडी तथा वन्दोवस्तीका सामान र ठूलो परिमाणमा विस्फोटक पदार्थ पनि नियन्त्रणमा लिई नस्ट गरेको प्रहरीले बताएको छ ।

सेनाले दिएको जानकारी अनुसार विद्रोहीसँगको झडपमा सेना, प्रहरी तथा अन्य सरकारी अधिकारी कसैलाई असर परेको छैन । यस आक्रमणको विषयलाई लिएर तालिबान समूहले भने कुनै प्रतिक्रिया जनाइसकेको छैन । तालिबानले केही दिनयता राजधानी काबुलमै पनि आक्रमण जारी राखेका छन् ।

गत सोमबार मात्र पनि काबुलमै भएको एक हिंसात्मक हमलामा परी ९ जना पत्रकार मारिएका थिए । उक्त हिंसामा परी ३० जना भन्दा बढीको ज्यान गएको थियो । उता यही मे ३ मा आउन लागेको विश्व प्रेस स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा अफगानिस्तानमा ठूलो संख्यामा पत्रकार हिंसामा परेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।

अफगानिस्तान र विश्वका प्रेस स्वतन्त्रको पक्षमा काम गर्ने पत्रकारहरुका संघ संस्थाहरुले यसप्रति चिन्ता व्यक्त गर्दै प्रेसलाई हिंसाको चपेटामा नपार्न आग्रह गरेका छन् ।

समाचार संकलनकै क्रममा यसरी पत्रकार मारिनु अत्यन्तै दुःखद कुरा हो भन्दै यसबाट स्वतन्त्र प्रेसका साथै नागरिकको स्वतन्त्र रुपमा बोल्न र आफ्ना कुरा राख्न पाउने अवस्थाको पनि हनन हुने भएकोले आगामी दिनमा यस्ता क्रियाकलापहरु रोक्न ती संघसंस्थाहरुले आग्रह गरेका हुन् । सिन्ह्वा

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ