arrow

अन्ततः बन्द हुने भयो फेसबुकका तथ्यांक चोर्ने क्याम्ब्रिज एनालिटिका 

logo
प्रकाशित २०७५ वैशाख २० बिहिबार
cambridge-analytica.jpg

काठमाडौं । अन्ततः सामाजिक सञ्जाल फेसबुकबाट तथ्यांक चोरी गरी अमेरिकी चुनावमा डोनाल्ड ट्रम्पलाई सहयोग गरेको आरोप लागेको कम्पनी क्याम्ब्रिज एनालिटिका बन्द हुने भएको छ ।

राजनीतिक दलहरुलाई परामर्श दिन खोलिएको उक्त क्याम्ब्रिज एनालिटिका कम्पनीको सटर सधैका लागि डाउन हुन लागेको बीबीसीले उल्लेख गरेको छ । 

एनालिटिकामाथि ८ करोड ७० लाख फेसबुक प्रयोगकर्ताको डाटा चोरी गरेको आरोपमा बन्द गर्न लागिएको हो ।

उक्त कम्पनीमाथि सन् २०१६ मा अमेरिकामा भएको राष्ट्रपतिको चुनावमा फेसबुकबाट डाटा चोरी गरेर चुनाव प्रभावित गरेको आरोप छ ।

कम्पनीले आफ्नो वेवसाइटमा आफूमाथि लागेको आरोप आधारहीन भएको जनाएको छ । तर आफ्ना ग्राहक नभएपछि व्यवसाय बन्द गर्न लागेको कम्पनीले बताएको छ । 

एनालिटिकाका प्रमुख कार्यकारी एलेक्जेन्डर निक्स दुई महिना अघि नै निलम्बनमा परेका थिए ।

Alexander Nix



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ