arrow

निर्वाचन कार्यालय आक्रमणको आइएसले लियो जिम्मेवारी

logo
प्रकाशित २०७५ वैशाख २० बिहिबार
isis.jpg.jpeg

त्रिपोली ।लिबियाको निर्वाचन आयोगको कार्यालयमा भएको आक्रमणको इस्लामिक स्टेट्सका आतङ्ककारी समूहले जिम्मेवारी लिएको छ । सो आक्रमणमा परी मारिनेको संख्या १५ पुगेको सरकारी अधिकारीले बुधबार जानकारी दिएका छन् ।

राजधानी त्रिपोलीमा रहेको सो कार्यालयमा बुधबार हिंसात्मक आक्रमण भएको अधिकारीले जानकारी दिएका छन् । लिबियाको स्वास्थ्य मन्त्रालयले बुधबार नै १५ जनाको मृत्यु भएको र अरु दश जना घाइते भएको पुष्टि गरेको थियो ।

आक्रमणबाट आयोगको कार्यालय भवन पूर्णरुपमा ध्वस्त भएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । बुधबार बिहान भएको यस आक्रमणको स्लामिक स्टेट्स् (आइएस)का लडाकूले गरेका सरकारी अधिकारीले यसअधि नै दावी गरेका थिए ।

संयुक्त राष्ट्रसंघीय मिसनको सहयोगमा लिबियामा यस वर्षको अन्त्यतिर राष्ट्रपति र संसदको निर्वाचनको तयारी भइरहेको छ । एएफपी-सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ