arrow

रुवान्डामा बाढी पहिरोबाट चार महिनामा १८३ जनाको मृत्यु

logo
प्रकाशित २०७५ वैशाख २० बिहिबार
Rwanda.png

किगाली । अत्यधिक बर्षापछि आएको बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपबाट रुवान्डामा गत चार महिनामा १८३ जनाको मृत्यु भएको छ । ती घटनाहरूमा परी अरु २१५ जना घाइते पनि भएको रुवान्डाको प्रकोप व्यवस्थापन मन्त्रालयले जनाएको छ ।

सन् २०१८ को जनवरी एक देखि अप्रिल ३० सम्मको पहिलो चौमासिकमा प्राकृतिक प्रकोपबाट नौ हजार ९७४ घरमा क्षति पुगेको छ । मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार घरमा क्षति पुगेकाले ७०६ जना नागरिक घरबारविहीन भएका छन् ।
 
त्यसैगरी २४ सय ५० हेक्टर क्षेत्रफलमा रहेको तरकारी तथा अन्य र २१ विद्यालयमा पनि क्षति पुगेको तथ्याङ्क छ । बुधबार बसेको मन्त्री परिषद्को बैठकले घटनाबाट प्रभावितहरूप्रति सहानुभूति व्यक्त गर्दै केही सहयोग गर्ने निर्णय गरेको छ । सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ