arrow

अमेरिका - उत्तर कोरिया बैठकअघि दक्षिण कोरियाली अधिरकारी अमेरिकामा

logo
प्रकाशित २०७५ वैशाख २१ शुक्रबार
korean-tem.JPG

सोल । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनका उच्च सुरक्षा सल्लाहकार चुङ इयुयोङ संयुक्त राज्य अमेरिका पुगेको समाचार छ ।

उत्तर कोरिया र संयुक्त राज्य अमेरिकाबीच आगामी केही सातामै उच्चस्तरीय वार्ता हुन लागेको समयमा त्यसको अगाडि दक्षिण कोरियाका राष्ट्रपतिका सल्लाहकारले अमेरिकाकाको भ्रमण गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

उनले शुक्रबार अमेरिकी राष्ट्रिय सल्लाहकारलाई भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ । उनले शुक्रबार अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका सुरक्षा सल्लाहकारसँग भेटवार्ता गर्नुहुने समाचारमा जनाइएको छ ।

तर सो भ्रमणका बारेमा सार्वजनिक भने गरिएको छैन । यस भ्रमणका क्रममा उनले हालैमात्र भएको उत्तर कोरियाली नेता किम जोङ उनको दक्षिण कोरिया भ्रमणका समयमा भएका सहमति र सम्झौताको बारेमा कुराकानी गर्ने  बताइएको छ ।

गत शुक्रबार अर्थात अप्रिल २७ मा उत्तर र दक्षिण कोरियाबीच शान्ति सम्झौता भएको छ । सो सम्झौताअनुसार यी दुई देशले युद्ध अन्त्यको घोषणा गरी एक अर्काको विरुद्धमा प्रचारप्रसार नगर्ने र कोरियाली प्रायद्वीपमा शान्ति स्थापना गर्ने सहमति जनाएका छन् ।

अमेरिका र उत्तर कोरियाबीच पनि आगामी केही हप्तामा वार्ता हुने बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँग आगामी केही हप्ताभित्र वार्ता गर्ने बताएका छन् ।  

उनले उत्तर र दक्षिण कोरियाबीचका वार्ताहरु सकारात्मक रुपमा अघि बढिरहेकोले उत्तर कोरियाका नेता किम जोङ उनसँग वार्ता गर्न अमेरिका तयार भएको पनि बताएका छन् ।  

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले पनि हालै एक विज्ञप्ति प्रकाशन गरी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेतासँग वार्ता गर्नुहुने भएको र सो वार्ताको मिति चाँडै तय गरिने बताएको थियो ।

हालैमात्र उत्तर र दक्षिण कोरियाबीच उच्चस्तरमा भएको वार्ता, सहमति र यी दुई देशबीच भएको युद्ध अन्त्यको घोषणासँगै कोरियाली प्रायद्वीपमा शान्ति र वार्ताका लागि ठूलो प्रगति भएको बताइएको छ ।

उत्तर कोरियाली नेता किम जोङ उनले आगामी दिनमा अणु अस्त्रको उत्पादन र जथाभावी परीक्षणको कार्य नगर्ने प्रतिबद्धता जनाएको समाचार यसअघि नै आएको छ ।

यसका कारण आफूले वार्तामा बस्न सहमति जनाएको जानकारी राष्ट्रपति ट्रम्पले दिइसकेका छन् । राष्ट्रपति ट्रम्पले उत्तर कोरियासँग हुने वार्ता महत्वपूर्ण रहेको बताएका छन् ।  सिन्ह्वा

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ