arrow

अन्नपूर्ण गाउँपालिका लुम्ले र ढिकुरपोखरीमा बजार अनुगमन

logo
सरिता तिम्सिना पगेनी,
प्रकाशित २०७५ वैशाख २१ शुक्रबार
anugaman.JPG

पोखरा । मानब अधिकार निगरानी समुह र अन्नपूर्ण गाउँपालिका अनुगमन समिति को संयुक्त आयोजनामा कास्की को अन्नपूर्ण गाउँपालिकामा बजार अनुगमन गरिएको छ ।  अन्नपूर्ण गाउँपालिका अन्र्तगत लुम्ले र ढिकुरपोखरी मा  संचालन मा आएका किरानापसल,खाद्यान्न गोदाम,होटल,डेरी र औषधी पसलको अनुगमन गरिएको हो ।

 अनुगमनका  क्रममा  सामनको मुल्य सुची टाँस नगरी सामान बिक्री बितरण गरिएको ,अधिकांश पसल दर्ता बिना नै संचालनमा आएको ,मदिरा जन्य पदार्थ पनि बिना इजाजत   बिकी बितरण भएको  ,पेय पदार्थ ,बेकरी,चक्लेट,जंक फुडहरु, जस्ता सामन म्याद गुज्रीएको अबस्थामा बिक्री बितरण भइरहेको पाइएको   मानब अधिकार निगरानी समुहका संयोजक गोपाल देबकोटा ले जानकारी दिए । सडक छेउछाउमा संचालन गरिएका  रेष्टुरेन्ट तथा खाजा घरमा  खानेकुरा नछोपी राखिएको ,सरसफाइमा ध्यान नदिइएको,तोकिएको मुल्य भन्दा बढी मुल्यमा  सामानको बिक्रीबितरण  भइरहेको  पाइएको निगरानी समुहका सदस्य नारायण प्रसाद भण्डारीले जानकारी  दिए ।

अनुगमन कार्यक्रमको शुभारम्भ गर्दे  अन्नपूर्ण गाउँपालिका प्रमुख युबराज कुँवर ले क्रेता र बिक्रेता दुबै  पक्ष लाइ  उपभोत्ता अधिकार को बिषयमा सचेतना अभिबृद्धि गर्न  बजार अनुगमनले  महत्वपुर्ण भुमीका खेलेको बताए । बजार अनुगमन कार्यलाइ आगामी दिनमा पनि  निरन्तरता दिनु पर्ने उल्लेख गर्दे ,उनले आगामी साउन महिना देखी प्रत्येक पसलमा मुल्य सुची टाँस ,ब्यबसाय दर्ता लगाएतका बिषयलाइ अनिबार्य रुपमा लागु गराउने प्रतिबद्धता समेत ब्यत्त गरेका थिए । अनुगमनका क्रममा केही बिक्रेताहरुले  मुल्य सुची टाँस गर्नु पर्ने,म्याद गुज्रेका सामाग्री बिक्री बितरण गर्न नहुने,दर्ता बिना ब्यबसाय संचालन गर्न नहुने लगाएतका बिषयमा  आफुहरु अनबिज्ञ रहेको भन्दै आगामी दिनमा  सुधार गर्ने प्रतिबद्धता ब्यत्त गरेका थिए।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ