arrow

अमेरिकाद्वारा एक महिनामा एक लाख ६४ हजार रोजगारी सिर्जना

logo
प्रकाशित २०७५ वैशाख २१ शुक्रबार
jobs-added-USA.jpg

वासिङटन। अमेरिकामा गत अप्रिल महिनामा विगत १७ बर्ष यताकै सबैभन्दा थोरै बेरोजगारी दर देखिएको छ। सरकारी निकायले शुक्रबार दिएको जानकारी अनुसार अप्रिल महिनामा मात्रै एक लाख ६४ हजार रोजगारी थपिएको छ।

यो महिना ३.९ प्रतिशतको दरले बेरोजगारी घटेको मजदूर विभागले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ। यो दर सन् २००० को डिसेम्बर महिनापछिको सबैभन्दा थोरै हो। बेरोजगारी दर घट्नुको मुख्य श्रेय राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसलाई नै जाने बताइएको छ।

अर्थविद्हरूले मार्चमा र अप्रिलमा योभन्दा बढी अर्थात् एक लाख ९० हजार नयाँ रोजगारी सिर्जना हुने पुर्वानुमान गरेपनि रोजगारीका अवसर अपेक्षित नरहँदा सोचेभन्दा रोजगार दरमा कमी देखिएको हो। रासस-एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ