arrow

माक्र्सवादलाई चीनले थप उचाइमा लग्नेछ : राष्ट्रपति सी

logo
प्रकाशित २०७५ वैशाख २१ शुक्रबार
xi-marx.jpg

बेइजिङ, चीन। विश्वकै ठूलो मानिने चिनियाँ कम्युनिष्ट पार्टीले कार्ल माक्र्सको २०० औँ जन्मजयन्तीको अवसरमो चिनियाँ राष्ट्रपति सी चिन फिङले शुक्रबार चीनले माक्र्सवादलाई अनुसरण गरिरहने बताएका छन्। “चीनले माक्र्सवादको झण्डालाई उच्च बनाइरहने र माक्र्सवादका अनुयायीका लागि आफ्नो दल सधैँ अभिभावक बनी माक्र्सवादी दर्शनको सधैँ अभ्यास गरिरहने छ,” सीले बेइजिङको ‘ग्रेट हल अफ द पिपुल्स’ को औपचारिक भ्रमणका समय उक्त कुरा बताए।

दशकौँको बजार केन्द्रित विकासका वाबजुद पनि माक्र्सवादको अहिलेपनि चीनमा प्रभावकारी अभ्यास भइरहेको र यसले चीनलाई विश्वको दोस्रो ठूलो अर्थतन्त्रका रूपमा स्थापित गरेको छ। चीनका विद्यार्थीले माक्र्स र लेनिनको सिद्धान्तलाई माध्यमिक तहमा अध्ययन गरिरहेको, कर्मचारी तथा राज्य सञ्चालित सञ्चारमाध्यमका पत्रकारहरूले समेत अध्ययन गर्नेगरेको सीले बताए।

कर्मचारी तथा राज्यसञ्चालित सञ्चारमाध्यमका पत्रकारको बढुवाका लागि माक्र्सवाद अध्ययन कानूनी रूपमा अनिवार्य रहेको उनको भनाइ थियो। जर्मनीमा भएको सामाजिक क्रान्तीका दार्शनिकको सिद्धान्त जर्मनी लगायत विश्वका धेरै मुलुकमा निर्विवादित बन्न नसके पनि विश्वभर उनको दर्शनलाई अहिले पनि ठूलो जनसङ्ख्याले अनुशरण गर्ने गरेको पाइन्छ।

चीन सोभियत संघको विघटनपछि विशिष्ट प्रकारको समाजवादी व्यवस्था भएको भिन्न मुलुक रहेको र राज्यद्वारा लगानी भएका कम्पनीको उत्पादनको चिनियाँ बजारमा एकाधिकार रहेको छ। चीन विश्वका ३७० जनाभन्दा बढी विश्वकै अति धनाड्य व्यक्ति भएको अमेरिकापछि दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक हो।  रासस-एएफपी
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ