arrow

ग्रेन्ट प्यारेण्ट र भ्याक्सीन उत्पादन गर्ने उद्योग सङ्कटमा

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
71886257.jpeg
बनेपा। इन्धन अभावले काभ्रेपलाञ्चोकमा स्थापना भएको ब्रोइलर कुखुराको माउ उत्पादन गर्ने ग्रेन्ट प्यारेण्ट उद्योग र कुखुराको भ्याक्सीन उत्पादन गर्ने उद्योग सङ्कटमा परेका छन् ।
 
पाँच बर्षअघि पाँचखाल नगरपालिकाको देवभूमि बालुवामा स्थापना भएको ग्रेन्ट प्यारेण्ट उद्योग र जिल्लाको उग्रचण्डीनालामा स्थापना भएको भ्याक्सीन उत्पादन गर्ने उद्योगमा आवश्यक कच्चा पदार्थको आपूर्ति हुन नसक्दा उद्योग सङ्कटमा परेको हो ।
 
पोल्ट्री व्यवसायी मञ्च काभ्रेपलाञ्चोकका सचिव दयाराम महतका अनुसार कच्चा पदार्थ तथा निर्माण सामग्री ढुवानी गर्न सकिएको छैन । जसका कारण पोल्ट्री व्यवसाय नै धरापमा परेको छ । नेपालका प्रतिष्ठीत १० जना पोल्ट्री व्यवसायीले स्थापना गरेको ग्रेन्ट प्यारेण्ट (कुखुराको माउ उत्पादन गर्ने उद्योग)बाट वार्षिकरुपमा १० लाख ब्रोइलर कुखुराको माउ उत्पादन गर्ने लक्ष्य राखिएको थियो ।
 
भ्याक्सीन उत्पादन गर्ने उद्योग निर्माणाधिन अवस्थामा रहेपनि निर्माण सामग्रीको अभावले समस्यामा परेको महतले बताउनुभयो । दुई भिन्दाभिन्दै संस्थाले यी उद्योग सञ्चालन गरेका छन् । सो प्यारेन्टका लागि रु ४० करोड लगानी भएको छ ।
 
नेपाली पूँजी विदेशिनमा यो उद्योगले केही रोक लगाएपनि प्रर्याप्त नभएकाले उद्योग क्षमता अभिवृद्धि आवश्यक भएको उहाँले जोड दिनुभयो । कुखुरा पालन व्यवसायसँग सम्वन्धित यी उद्योग बाहेक पोल्ट्री व्यवसाय नै इन्धन अभावका कारण धरापमा परेको व्यवसयायीले बताएका छन् ।
 
निजी सवारी साधनलाई तेल नदिँदा निजी र्फाम तथा उद्योग तहसनहस हुने अवस्थामा पुगेको उल्लेख गर्दै सचिव महतले उत्पादन भएको कुखुरा पनि कृषकको घर घरमा लैजान सकिएको छैन भन्नुभयो ।
 
“पोल्ट्री व्यवसायमा रहेका मेसिन बन्द भएका छन्, त्यसलाई नियमितरुपमा सञ्चालन गर्न इन्धन आवश्यक छ” उहाँको भनाइ छ ।
 
ग्यासको अभावले रेष्टुराँ तथा होटेलमा समेत कुखुरा बिक्री नभएको जानकारी दिँदै कुखुराको दाना आपूर्तिमा पनि इन्धनको कारण जटिलता देखिएको बताउनुभयो ।
 
झण्डै रु ५० अर्बको लगानी भएको जिल्लामा पोल्ट्री व्यवसायमा सात वटा ह्याचरी उद्योग, करिव १०० दर्ता भएका कुखुरा र्फाम र २५ वटा चल्ला तथा दाना सप्लायर्स रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ