arrow

पोर्चुगलमा साहित्यिक जमघट

logo
प्रकाशित २०७५ वैशाख २६ बुधबार
sahityaaa.jpg

लिस्बन। अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगलको आयोजनामा राजधानी लिस्बनमा साहित्यीक जमघट सम्पन्न भएको छ । समाजको नियमित कार्यक्रम अन्र्तगत १५ औँ श्रृखला रचना वाचन एवं साहित्यीक जमघट एक कार्यक्रमका बिच आईतबार बेलाभिस्टा पार्कमा सम्पन्न भएको हो ।

समाजका अध्यक्ष वाई बि गुरुङ्गको अध्यक्षता तथा पोर्चुगलकालागि नेपाली अवैतनिक वाणिज्यदूत मकर बहादुर हमालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा साहित्यक श्रष्टाहरु समाजका बरिष्ठ सल्लाहकार सुनिल सगंम, एनआरएन पोर्चुगलका अध्यक्ष एवं समाजका सल्लाहकार कुबेर कार्की, समाजका वरिष्ठ उपाध्यक्ष कृष्ण कडेल, उपाध्यक्ष कमल सापकोटा, सचिव द्धय सवी श्रेष्ठ र विनोद स्पन्दन, कोषाध्यक्ष सञ्जय लामा, सह—कोषाध्यक्ष श्याम सुवेदी, सदस्य निर्मला ढकाल, प्रेम चन्द्र भण्डारी लगायत दर्जन बढी श्रष्टाले साहित्यीक रचना प्रस्ततु गरेका थिए ।

कार्यक्रममा पोर्चुगलमा क्रियाशील नेपाली संघ सस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजिवी, सञ्चारकर्मी लगायत पोर्चुगलमा रहेका नेपाली साहित्यप्रेमीहरुको बाक्लो उपस्थिति रहेको थियो । सो अवसरमा समाजद्वारा मनोनित गरिएका समाजका संरक्षक तथा सल्लाहकारहरुलाई प्रमाण पत्र समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा पोर्चुगलकालागि नेपाली अवैतनिक वाणिज्यदूत मकर बहादुर हमाल, पोर्चुगलका नेपाली पर्यटनदूत रमेश कुमार गुरुङ, एनआरएनए पोर्चुगलका अध्यक्ष कुबेर कार्की लगायतले बोल्दै नेपाली भाषा, कला र साहित्यको संरक्षण र प्रर्बृद्धन गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमको सञ्चालन द्धय समाजका बरिष्ठ उपाध्यक्ष कृष्ण कडेल र समाजकी सचिव सबी श्रेष्ठले गरेका थिए । प्रवासमा नेपाली भाषा, कला र साहित्यको संरक्षण, प्रर्बृद्धन गर्ने तथा साहित्यीक अनुरागीहरुलाई साहित्य क्षेत्रमा उत्प्रेरीत गर्ने र यहां क्रियाशील नेपाली संघ सँस्थाहरु सँग भावनात्मक एकता कायम गर्दै सहकार्य गर्ने उद्धेश्यले कार्यक्रमको आयोेजना गरिएको समाजका अध्यक्ष वाई बि गुरुङ्गले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ