arrow

मापदण्ड विपरीत अयोग्य चिनियाँ पाइलट ल्याइँदै

logo
प्रकाशित २०७५ वैशाख २७ बिहिबार

काठमाडौं । नेपाल वायुसेवा निगमले चिनियाँ वाई–१२ ई जहाज उडानका लागि ल्याउन लागेका तीन चिनियाँ क्याप्टेनहरुसँग सरकारले तोकेको योग्यता नरहेको खुलासा भएको छ ।

ती चालकसँग कमर्सियल पाइलट लाइसेन्स (सीपीएल) मात्रै रहेको पाइएको छ । जबकी, नेपाल नागरिक उड्डयन प्राधिकरणको नियमावलीमा भने नेपालमा दर्ता भएका जहाज उडान गर्न पाइलटसँग एयरलाइन्स ट्रान्सपोर्ट पाइलट लाइसेन्स (एटीपीएल) अनिवार्य हुनपर्ने व्यवस्था छ ।

अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले पनि एटीपीएल बाहकलाई मात्र अनुमति दिनको लागि संसारभर नियम लगाउने गरेको छ ।

तर, चिनियाँ जहाज उडान गर्न पाइलट अभाव खेपिरहेको निगमले ल्याउन लागेको तीन चिनियाँ पाइलट सीपीएलबाहक मात्र रहेको पाइएको हो । (कारोबार दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ