arrow

अष्ट्रेलियामा सातजना मानिसहरु मृत फेला

logo
प्रकाशित २०७५ वैशाख २८ शुक्रबार
australia-flag.jpg

काठमाडौं । अष्ट्रेलियाको पश्चिमी क्षेत्रमा रहेको ग्रामीण क्षेत्रमा सात जना मानिहरुको शव फेला परेको स्थानीय प्रहरीले पुष्टि गरेको छ । प्रहरीले दिएको जानकारीअनुसार अष्ट्रेलियाको पर्थबाट २८० किलोमिटर दक्षिणमा रहेको ओस्मिंटनमा चार बालबालिका र तीन वयस्क मानिसहरुको शव फेला परेको हो । 

घटनास्थलमा दुई पेस्तोल पनि फेला परेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार दुई वयस्कहरुको शव भवनभन्दा बाहिर फेला परेको र बाँकी पाँच जना मानिसहरुको शव भवनभित्र फेला परेको हो । त्यसका साथै गोलीको निशाना पनि फेला परेको प्रहरीले बताएको छ तर यस विषयमा विस्तृत जानकारी भने दिइएको छैन । 

यो हत्या हो वा आत्महत्या हो भन्ने विषयमा अहिले पनि अनुसन्धान जारी रहेको अधिकारीहरुले बताएका छन् । अहिले ज्यान गुमाएकाहरु स्थानीय रहेको हुनसक्ने अधिकारीहरुले बताएका छन् । अष्ट्रेलियन अधिकारीहरुले यस विषयमा थप जानकारी भने सर्वजनिक गर्न सकिने अवस्था नरहेका बताएका छन् । 

अधिकारीहरुले चार बालबालिका र तीन वयस्क मानिसहरुको यस किसिमको मृत्यु निकै वियोगान्त रहेको बताएका छन् । यस विषयमा ठुलो अनुसन्धान भइरहेको र उनीहरुको आफन्तहरुसँग पनि सम्पर्क गर्ने प्रयास भइरहेको अधिकारीहरुले बताएका छन् । 

एक जना पुरुषको फोन आएको केही समयपछि यस किसिमको घटना भएको हुनसक्ने अधिकारीहरुले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ