arrow

रंगभूमि मैदानमा अस्तव्यस्तता, सुरक्षाको कारण देखाउँदै नागरिकलाई दुःख

logo
प्रकाशित २०७५ वैशाख २८ शुक्रबार
janakpur-ranabhumi-welcomejpg.jpg

जनकपुरधाम । जनकपुरधामको १२ बिघास्थित रंगभूमि मैदानमा लाखौं सर्वसाधारण नागरिक उतार्ने योजना बनाएको प्रदेश नम्बर २ सरकारको योजना सफल हुन नसके पनि आएका जति नागरिकले समेत सास्ती पाएका छन् । 

रंगभूमि मैदान प्रवेशका लागि सुरक्षा व्यवस्था अस्तव्यस्त भएपछि सर्वसाधारणले सास्ती खेप्नु परेको बताइएको छ । 

लाठीचार्जसमेत भएको छ । वृद्धवृद्धा र महिलालाई झनै गाह्रो भएको छ । 

भीड नियन्त्रण गर्नसमेत सुरक्षाकर्मीलाई मुस्किल भएको छ । पटक पटक प्रहरीले लाठीप्रहार गर्नुपरेको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई यही रंगभूमिमै जनकपुर उपमहानगरपालिकाले नागरिक अभिनन्दन गर्दैछ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर शाहले मोदीलाई अभिनन्दन गर्नेछन् । 

जनकपुरमा गर्मी भएका कारण पनि सर्वसाधारण भने मारमा परेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ