arrow

सोह्रखुट्टे पाटी फेरि बनाइने, अर्थ मन्त्रालयले वजेट दिन खुम्च्यायो मन

logo
प्रकाशित २०७५ वैशाख २९ शनिबार
sorakhutte-naya-nirman-ktm-16.jpg

काठमाडौं। सडक विस्तारको क्रममा काठमाडौं महानगरपालिका वडा नम्वर १६ मा रहेको सोह्रखुट्टे पाटी फेरि बनाइने भएको छ। यसका लागि अर्थ मन्त्रालयले वजेट समेत निकासा गरेको छ। पुरातत्व विभागले डिजाइन गरि निर्माणका लागि अर्थ मन्त्रालयमा वजेट माग गरिएकोमा अर्थ मन्त्रालयले वजेट घटाएर पुन डिजाइन गर्न भनेको छ। 

डिभिजन सडक कार्यालय काठमाडौं २ले सडक विस्तारका क्रममा भत्काएको पार्टी बनाउन पुरात्तव विभागसँग समन्वय गरेर लागत अनुमान गरि अर्थ मन्त्रालय पठाएको थियो। करिव ३९ लाख लाग्ने अनुमान सहित अर्थ मन्त्रालयमा पत्र पठाइएको थियो। अर्थले ३० लाख मात्र वजेट दिन सक्ने भन्दै डिजाइनमा पुन संसोधनका लागि परिपत्र गरेको छ। सोहि अनुसार सडकका डिभिजन प्रमुख देव कुमार तामाङले पुरातत्लाई पुन डिजाइनका लागि भन्दै पत्र लेखेका छन्। 

पुरातात्विक महत्वको भएर पनि सडक विस्तारको क्रममा भत्काइएको सोह्रखुट्टे पाटी पुरानै स्वरुपमा पुन निर्माणको लागि स्थानियहरुले दवाव दिदै आएका थिए। स्थानियहरुकै दवाव तथा स्थानिय तहमा निर्वाचित जनप्रतिनिधी आएपछि पाटीलाई पुरानै स्वरुपमा बनाउन आफूहरु लागिपरेको वडा नम्वर १६ का अध्यक्ष मुकुन्द रिजालले बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ