arrow

मुक्तिनाथमा आँसु झारे मोदीले

logo
प्रकाशित २०७५ वैशाख ३० आइतबार
modi-muktinath-worship.jpg

काठमाडौं। मुक्तिनाथमा पूजाका लागि जाने क्रममा कसैसँग प्रतिक्रिया नदिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्दिरभित्र पूजा गर्ने क्रममा भने पुजारीसँग आफू युवा अवस्थामा नै मुक्तिनाथ आएको खुलासा गरे। 

मन्दिरको मूर्तिभन्दा तल रहेको 'गर्भगृह'का बारेमा पुजारी कृष्णप्रसाद सुवेदीले वर्णन गर्ने बेला उल्टै पुजारीलाई आफू त्यहाँ आउँदा देखेको कुरा वर्णन गरिदिएका हुन्।

मोदीले पूजा गर्ने सिलसिलामा आशिर्वाद लिने क्रममा आँशु समेत झारेको खुलासा पुजारी सुवेदीले गरेका छन्। 

पुजारीले आफ्ना मनोकांक्षाहरु भए भगवानसँग माग्नुस भन्दा मोदीले आँशु झारेका थिए। 

मैले 'हजुरले ध्यान लगाएर आफ्नो लागि वर माग्नुस् भने उहाँ भावविभोर भएर आँशु खसाल्नुभयो ।' उनले भने, 'मैले उहाँमा अति धेरै श्रद्धा, विश्वास, र प्रशन्नता देखेँ ।' ( नेपाल समाचारपत्रमा दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ