arrow

वजेटको सिद्धान्त र प्राथमिकताले समृद्धी ल्याउँदैनः डा डीला संग्रौला

logo
प्रकाशित २०७५ वैशाख ३१ सोमबार
dila-sangraula.jpg

काठमाडौं। नेपाली काँग्रेसकी नेतृ तथा सांसद डा डीला संग्रौलाले सरकारले सरकारले ल्याउन लागेको वजेटले नेपालको स्वाभिमान, गौरव, पहिचान र सिमान्तकृत समुदायलाई सम्वोधन गर्न नसकेको बताएकी छन्। 

आर्थिक वर्ष २०७५-०७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि भएको छलफलमा भाग लिने क्रममा काँग्रेस नेतृ संग्रौलाले सरकारले समृद्ध नेपाली सुखी नेपालीको नारा दिएपनि संविधानको मार्गदर्शन अनुसार वजेट नल्याएको अवस्थामा त्यो कोरा नारा मात्र हुने बताइन। एमालेको घोषणापत्र र जवजमा आधारित वजेटले सबै नेपालीलाई समृद्ध र सबैलाई सुखी राख्न नसक्ने संग्रौलाले बताइन। 

वजेटले विदेशीएका लाखौ युवालाई देशमै ल्याएर रोजगार दिने वातावरण र नेपालमै लगानी गर्ने वातावरण दिनुपर्नेमा त्यसो हुन नसकेको संग्रौलाको भनाइ छ। उनले थपिन,  ' रोजगारीको समस्या समाधान गर्ने सरकारसँग कुनै ठोस योजना छैन ।' 

शिक्षा, स्वास्थ्य र कृषीलाई दिनुपर्ने प्राथमिकता नदेखिएको उनको आरोप थियो। संग्रौलाले थपिन, ' सरकारले शिक्षा क्षेत्रमा प्रोत्साहन दिन सकेन। प्राविधिक र व्यवसायिक शिक्षालाई जोड दिन सकेन । '

महिलाको स्वास्थ्यमा पनि सरकारको ध्यान जान नसकेको उनको भनाइ छ। वजेटमा पौष्टिक आहारको कुरा भएपनि गर्भावस्थामा पौष्टिक खानामा ध्यान नदिइएको उनले बताइन। 

नेपालकै प्राथमिकताको क्षेत्र कृषी भएपनि कृषीमा ध्यान नदिएको आधुनिक र वैज्ञानिक कृषी प्रणालीमा सरकारको वजेटका सिद्धान्त र प्राथमिकता पर्न नसकेको नेतृ संग्रौलाले बताइन। 

सिद्धान्तत संघीयतामा स्थानिय र प्रदेश सरकारलाई वलियो बनाइने भएपनि संघीयतालाई कमजोर र स्थानिय तह र प्रदेशका अधिकार कटौती गर्ने प्रयास वजेटका सिद्धान्तमा देखिएको संग्रौलाले बताइन। 

कनिका छरे झै वजेट छरेर विकास नहुने भएपनि वजेटमा सस्तो लोकप्रियताको नाममा त्यसतर्फ सरकार उद्यत रहेको देखिएको उनले बताइन्। 

पशुपतिनाथ, लुम्विनी, जानकी मन्दिर, मुक्तिनाथ लगायतका धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वका क्षेत्रको प्रवर्द्धन गरेर पर्यटक बढाउने सम्वन्धमा वजेटको सिद्धान्तले ध्यान नदिएको उनले बताइन।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ