arrow

क्यान्सर बिरुद्ध अन्नपूर्णको साइकल र्‍‍‍‍‍याली

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
annapurna-Cycle-Rally3.jpg.jpeg
काठमाडौ । अन्नपूर्ण मिडिया नेटवर्कले क्यान्सर रोगविरुद्धको जनजागरण अभियान अन्तर्गत बृहत साइकल र्‍‍‍‍‍याली गरेको छ । विश्व क्यान्सर दिवसको अवसर पारेर ‘क्यान्सर रोगको रोकथाम सम्भव छ’ भन्ने मुख्य नारा सहित क्यान्सर बिरुद्ध जनचेतना जगाउन बृहत साइकल र्याली आयोजना गरेको हो ।
 
र्यालीमा राजनीतिक दलका नेता, प्रशासक, क्यान्सर रोगविरुद्ध संघर्ष गरिरहेका बिरामी, उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी, स्वास्थ्य मन्त्रालयका अधिकारी, सुरक्षानिकायका पदाधिकारी, निजामती कर्मचारी, कानुन व्यवसायी, संचारकर्मी, खेलाडी, कलाकार लगायतका अभियानमा ऐक्यबद्धता जनाउने समाजका विभिन्न क्षेत्रका प्रतिनिधि साइकल र्यालीमा सहभागीता जनाएका थिए । र्यालीमा १ हजार २ सय जनाले सहभागीता जनाएका थिए । गैरीगाउँ तीनकुनेस्थित नेटवर्कको कार्यालय प्रांगणबाट सुरु भएको र्याली  माइतीघर, भद्रकाली, तीनधारा, जमल, सहिदगेट, त्रिपुरेश्वर, थापाथली, पुल्चोक, पाटनदरबार स्क्वायर, च्यासल फुटबल ग्राउन्ड, शंखमूल, कोटेश्वर हुँदै सुरु अन्नपूर्ण पोष्टको कार्यालयमै आएर  टुंगिएको थियो । 
 
‘क्यान्सर रोग बिरुद्ध जनचेतना जगाउन यो अभियान संचालन गरेका हौ’ अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले भने ‘आगामी बर्ष पनि यसलाई निरन्तरता दिन्छौ ।’ अन्नपूर्ण मिडिया नेटवर्कले आफ्नो सामाजिक कर्पोरेट दायित्व र प्रतिबद्धता अनुसार नेपाल क्यान्सर केयर फाउन्डेसनसँगको साझेदारीमा बर्षेनी यो अभियान सञ्चालन गर्दै आएको छ ।
 
अन्नपूर्णको ‘माउन्टेन बाइक’ धामीलाई
 
क्यान्सर बिरुद्ध जनचेतना जगाउन साइकल र्यालीमा सहभागी बनेका हरिकृष्ण धामी र्यालीको बिजेता बनेका छन । र्यालीमा सहभागी मध्येबाट गरिरएको लक्की ड्रमा   धामी विजेता बनेका हुन्।  नेपाली सेनाका पूर्वप्रधानसेनापति गौरव शम्शेर राणाले उनलाई माउन्टेन बाइक पुरस्कार प्रदान गरेका थिए ।  यस्तै पोखरा कपल टुर प्याकेजका लागि  विनय आचार्यले पुरस्कार जितेका छन्।
 
उनलाई पोखरा आउने-जाने टिकट सहित पुरस्कार प्रदान गरिएको छ ।  लक्की ड्रबाटै र्यालीमा सहभागी १० जनाले  सिम्रिक एयरलायन्सको माउन्टेन फ्लाई सहितको हवाई टिकट पुरस्कार जितेका छन । १० जनाले अन्नपूर्ण पोष्टको बार्षिक ग्राहक निःशुल्क बन्ने अवसर पाए । पुरस्का बिजेतालाई अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, अन्नपूर्ण पोष्टका प्रधानसम्पादक युवराज घिमिरे, क्यान्सर केयर फाउन्डेशनका अध्यक्ष वरिष्ठ अधिवक्ता सुसील पन्त, महासचिव डा. सरिता घिमिरे लगायतले  पुरस्कार प्रदान गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ