arrow

भारतले कच्चा पदार्थ रोक्यो, सेनाको ‘इमल्सन प्लान्ट’ नै बन्द

logo
प्रकाशित २०७५ जेठ १ मंगलबार
fast-track-new-FNL.jpg.jpeg

काठमाडौं । भारतले गोलीगठ्ठा तथा विस्फोटक पदार्थ उत्पादनका लागि चाहिने कच्चा पदार्थ नदिएपछि नेपाली सेनाको मकवानपुरस्थित ‘सुनाचरी इमल्सन प्लान्ट’ बन्द भएको छ ।

कच्चा पदार्थ आयात ठप्प भएपछि सरकारको अनुदान तथा सैनिक कल्याणकारी कोष र उद्योग मन्त्रालयको संयुक्त लगानीमा सञ्चालित प्लान्ट धरासायी बनेको हो ।

काठमाडौं–तराई द्रुतमार्ग निर्माणको जिम्मेवारी भारतीय कम्पनीबाट खोसेपछि भारतले विस्फोटक पदार्थ उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ मागअनुसार नदिएको स्रोतको दावी छ ।

द्रुतमार्ग र अन्य सडक परियोजना निर्माणका लागि मात्रै वार्षिक सयौं टन विस्फोटक पदार्थ आवश्यक पर्छ । (कारोबार दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ