arrow

गैंडाकोट नगरपालिकाको चरम ठगीः रोक्का अवधिमै लाखौं राजश्वको चलखेल 

logo
तिलक सुवेदी 
प्रकाशित २०७५ जेठ १ मंगलबार
Nawalpur_District.jpg

गैंडाकोट । नवलपुर जिल्लाको गैंडाकोट नगरपालिकामा चरम ठगी भएको नेपाल विद्यार्थी संघले आरोप लगाएको छ । मंगलबार पत्रकार सम्मेलन गरी नगरपालिकाले रोक्काको सूचना अवधिमा नै नक्सा पास गरी लाखौं राजश्व चलखेल भएको बताएको छ । 

असार २६ गतेदेखि श्रावन २ गतेसम्म नगरपालिकाको नगरसभा व्यवस्थापन तथा तयारीको कार्यलयबाट नक्सा पास सम्बधि सम्पुर्ण कार्य रोक्का गरेको थियो ।

नेविसंघले   रोक्काको समयमा नक्सा शाखाले अविनाश ह्याचरी प्रा.ली.गैडाकोट नगरपालिका १३ र जयश्री फुड्स प्रा.ली. गैडाकोट नगरपालिका ९ को नक्सा पास गरेको आरोप लगाएको हो । सो समयमा नक्सा पास गर्दा झण्डै २९ लाख राजश्व नगरपालिकालाई नोक्सान भएको नेविसंघले जनाएको छ ।

रोक्काको समयमा नगरपालिकाका स.ई. लक्ष्मीप्रसाद सोतीले नक्सा पासमा हस्ताक्षर गरेका थिए । तत्कालीन कार्यकारी अधिकृत शिवप्रसाद रिजालको र इन्जिनियर राजु अर्यालको नाम भएता पनि दुबै जनाले पनि अन्तिममा हस्ताक्षर गरेको नेविसंघका जिल्ला अध्यक्ष वर्दधाट—सुस्तापुर्व का राजेश पौडेलले बताए ।

No automatic alt text available.

No automatic alt text available.

No automatic alt text available.

No automatic alt text available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ