arrow

नक्कली प्रमाणपत्र चाँडो छानबिन गर्न माग

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
नक्कली-डाक्टर.jpg.jpeg
काठमाडौं। नेपालस्थित बङ्गलादेश दूतावासको सेल्फ फाइनान्स योजनाअन्तर्गत बङ्गलादेशमा चिकित्साशास्त्र अध्ययन गर्न जानेबारे उत्पन्न विवादलाई जतिसक्दो चाँडो समाधान गर्नुपर्ने माग गरिएको छ । 
 
बङ्गलादेशमा चिकित्साशास्त्र अध्ययन गर्न जाने तयारीमा रहेका विद्यार्थीले शनिबार पत्रकार सम्मेलन गरी चार÷पाँच जना विद्यार्थीको प्रमाणपत्र नक्कली भएको विषयमा सुरू गरिएको छानबिनमा ढिलाइ भएको र त्यसले गर्दा आफूहरूको पढाइमा समेत अवरोध सिर्जना हुने भन्दै चिन्ता व्यक्त गरे । 
 
शेरे बङ्गला मेडिकल कलेजमा एमबिबिएसमा अध्ययनका लागि छनोट भएकी विद्यार्थी सुदीक्षा आचार्यले विवादबारे तत्काल टुङ्गो नलागेमा आफूले यस शैक्षिकसत्रदेखि अध्ययन गर्न नपाउने स्थिति उत्पन्न भएको भन्दै गुनासो गरे । यही माघ २८ सम्ममा आफूहरुले भर्ना गर्नुपर्नेमा शिक्षामन्त्रालयले एक महिनादेखि छानबिनका नाममा प्रक्रिया लम्ब्याउने काम गरेको भन्दै जतिसक्दो चाँडो टुङ्गो लगाउन विद्यार्थीले शिक्षामन्त्रीसँग आग्रह गरेका हुन् । 
 
सम्बन्धित व्यक्तिको मात्र छानबिन गर्नुको सट्टा मन्त्रालयले आफूहरूमाथि पनि छानबिन गरेर दुःख दिने गरेको विद्यार्थीको भनाइ छ । विद्यार्थी विभुषा उप्रेतिले जतिसक्दो चाँडो समस्या समाधान गरेर अध्ययनको वातावरण बनाउन आग्रह गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ