arrow

मकालु जहाजः सूचना गलत दिएपछि झुक्काइए मिडिया

logo
प्रकाशित २०७५ जेठ २ बुधबार
makalu-ko-biman.jpg.jpeg

काठमाडौँ । सम्पर्कविहीन भएको मकालु एयरलाइन्सको कार्गो जहाज यसअघि साढे दुई घण्टापछि बाजुरामा भेटियो भनिए पनि अहिलेसम्म नभेटिएको खुलेको छ । 

सुर्खेतबाट सिमिकोटका लागि उडेर बेपत्ता मकालु एयरको विमान अझै नभेटिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जनाएका छन् ।

यसअघि दिइएको सुचना गलत रहेको पनि विमानस्थलले स्वीकार गरेको छ । 

९ एन एजेयु कलसाइन भएको उक्त जहाज बुधबार बिहान सुर्खेतबाट हुम्ला सदरमुकाम सिमकोटका लागि उडेको थियो । 

जहाज कर्णाली नदीको किनारमा फोर्स ल्यान्डिङ गरिएको बताइए पनि खोजी कार्य जारी रहेको विमानस्थलले बताएको छ । 

चालक दलमा पाइलट किरण भट्टराई र को–पाइलट आदित्य नेपाली रहेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ