arrow

सफाइ पाएसँगै सिद्दूले गान्धीलाई भने, “मेरो बाँकी जीवन काँग्रेस आईलाई”

logo
प्रकाशित २०७५ जेठ २ बुधबार
rahul-shiddhiki.jpg

काठमाडौं । सन् १९८८ को सडक दुर्घटनाको विषयमा जारी रहेको मुद्दाबाट छुट्कारा पाएसँगै भारतको पञ्जाव राज्यका मन्त्री नभजित सिद्दूले आफ्नो जीवन काँग्रेस आईका लागि समर्पण गर्ने बताएका छन् ।  मंगलबार अदालतले उक्त घटना हतया नभई दुर्घटना रहेको फैसला सुनाएको हो ।

सिद्दूले राहुल गान्धीलाई म्यासेज गर्दै अबको दिनमा आफू पूर्णरुपमा पार्टीको काममा लाग्ने बताएका हुन् । उनले आफ्नो सातदिन  र २४ सै घण्टाको समय पार्टीका लागि खर्चिन तयार रहेको बताएका हुन् । मंगलबार सफाइ पाएपछि सिद्दू पञ्जावका मुख्यमन्त्री अमरिन्द्र सिंहसँगको वार्ता सकेर उनी काँग्रेस आईका अधयक्षलाई भेट्न पुगेका हुन् ।

मंगलबार सिद्दूको फैसला सार्वजनिक भएसँगै उनलाई राहुल गान्धी र पञ्जावका मुख्यमन्त्रीले म्यासेज गरी बधाई तथा शुभकामना दिएका थिए । साथै प्रियंका गान्धीले पनि उनलाई शुभकामना दिएकी थिइन् ।
सिद्दूले आफ्नो यो मुद्दामा सहयोगको लागि राहुल र प्रियंका गान्धी दुवैलाई धन्यवाद दिएका थिए । उनले आफ्नो जीवन पञ्जावको विकासको लागि खर्चेको भन्दै आगामी दिनमा पञ्जावको खुसी पुनः फिर्ता आउने विश्वास व्यक्त गरेका छन् ।

उनले आफ्नो राजनीतिको विषयमा बोल्दै राजनीतिमा राम्रो बन्नु निकै कठिन रहेको र कुनै समयमा राम्रो काम गरेको खण्डमा मानिसहरुले तल झार्नका लागि अने किसिमको षडयन्त्रहरु गर्ने गरेको पनि उनले बताए । आफूले पनि विगतका दिनहरुमा यस्तै किसिमको समस्याको सामना गर्दै आएको बताए ।

आफ्नो शुभचिन्तकहरुबाट पाएको मायाको कारण आफूले उनीहरुमाथि जित हासिल गर्न सफल रहेको उनले बताए । उनले आफू यस किसिमका कुराहरुमा नअल्झिने र आफ्नो काममा दत्तचित्त भएर अघि बढ्ने बताए ।


यो मुद्दाको विषयमा आगामी दिनमा आइपर्ने जुनसुकै समस्याको पनि सहजतापूर्वक समाधान गर्ने पनि सिद्दूले बताए । यो समस्याबाट आफू विचलित पनि नभएको र आगामी दिनमा आफ्नो काममा लाग्नका लागि यसले बल प्रदान गरेको पनि उनले बताए । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ