arrow

एमाले-माओवादी बिचको एकता एक दुई दिनमा टुग्याउने गरी अघि बड्यो : नेम्वाङ

ओली र प्रचण्ड वार्तापछि आन्तरिक छलफलमा जुटे

logo
प्रकाशित २०७५ जेठ २ बुधबार
oli-prachanda2.jpg

काठमाडौं । एक दुई दिन भित्रै  पार्टी एकता गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहमत भएका छन् ।    प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार भएको दुई अध्यक्षबीचको छलफलपछि पार्टी भित्र आन्तरिक तयारी गरि  पार्टी एकता टुङ्गोमा पुर्याउन सहमत भएको एमालेका नेता सुवासचन्द्र नेम्वाङले बताए ।

उनले भने ' पार्टी एकतालाई तुरुन्तै टुङ्गाउनु पर्ने विषयमा सहमति भएपनि पार्टी एकताको घोषणा कार्यक्रम पार्टी भित्रको आन्तरिक छलफलपछि मात्र सार्वजनिक हुने बताए ।' 

बुधवारको ओली- प्रचण्ड भेटपछि विवादित विषयहरुमा टुङ्गोमा पुगिएको अपेक्षा गरिएको छ ।  दुई पार्टीबीचका वैचारिक र सांगठनिक कार्यदलहरुले दिएका प्रतिवेदनमा छलफल गरि टुङ्गाउन खोजेपनि कतिपय विषयहरु मिल्न सकेका थिएनन् ।   एमालेले एकताको तयारीमा लागि बुधवार ४ बजे स्थायी कमिटीको बैठक बोलाएको छ । 

मिल्न बाँकी विषय मिलाएर एकता संयोजन समितिको बैठकमा प्रस्ताव ल्याउन एक महिनाअघिको संयोजन समितिको बैठकले अध्यक्षद्वयलाई जिम्मेवारी दिएको थियो ।

दुई दलबीच एकीकृत पार्टीको संरचनामा प्रतिनिधित्व कार्यकारी अधिकार बाँडफाँटका विषयमा सहमति जुट्न सकेको थिएन । एकीकृत पार्टीमा दुई अध्यक्ष हुनेमा दुवै दलबीच लिखित सहमति भए पनि उनीहरुको अधिकार क्षेत्रबारे सहमति जुट्न नसकेको हो ।

एकीकृत पार्टीमा प्रतिनिधित्वको अनुपातमा दुई दलबीच सहमति नहुँदा एकता प्रक्रिया जटिल बनेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ