arrow

आईसीसी टि-२० विश्व-११ क्रिकेट टोलीमा सन्दिप छनौट, लर्डसमा खेल्ने

logo
प्रकाशित २०७५ जेठ २ बुधबार
sandeep-u-19-captain.jpeg

काठमाडौं। नेपालका स्टार क्रिकेटर सन्दिप लामिछाने अन्तराष्ट्रीय क्रिकेट काउन्सिलको टि-२० विश्व ११मा छनौट भएका छन्। वेष्टईण्डिज बिरुद्ध लर्ड्समा खेलिने टि-२० अन्तराष्ट्रीय क्रिकेट खेल्नकालागि सन्दिप टोलीमा परेका हुन्। 

१७ बर्षीय सन्दिप भारतको टि-२० क्रिकेट आईपीएलमा दिल्ली डेयरडेविल्सबाट खेलिरहेका छन्। उनले आफ्नो पहिलो खेलमा विश्वको ध्यान आकर्षित गरेका थिए। उनको प्रशंसा विश्वभरीक मिडियाहरुले गरेका छन्। 

मे ३१, २०१८मा लर्ड्समा खेलिने खेलका लागि सन्दिप छानिएका हुन्। वेष्टईन्डिजमा गत बर्ष आएको आँधीले ध्वस्त पारेको क्रिेकट स्टेडियमको सहयोगार्थ उक्त प्रतियोगिता खेलिन लागेको आईसीसीले जनाएको छ। 

सन्दिप ईयोन मोर्गनको कप्तानीमा शाहिद आफ्रिदी, दिनेश कार्तिक, रशीद खान, सोहेब मलिक, हार्दिक पाण्ड्या, थिसारा परेरा, लुक रोन्ची, मिचेल मकक्लेघान  र तमिम ईकबाल सहित टोलीमा रहने छन् । वेष्ईण्डिजबाट स्यामुअल बद्री, कार्लोस ब्राथवेट, क्रिस गेल, मार्लोन स्यामुएल्स, आन्द्रे रसेल लगायतका खेलाडी रहनेछन्। 

सन्दिपले आफुलाई आईसीसी-११मा पर्दा आफुलाई खूशी लागेको बताएका छन्। यो नेपाल र नेपाली क्रिेकटका प्रशंसकहरुकालागि गर्वको कुरा हो उनले आईसीसीलाई भनेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ