arrow

प्रहरी ज्यादती बिरुद्ध बझाङ कांग्रेसको आक्रोस

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७५ जेठ २ बुधबार
bajhang-congress.jpg

बझाङ । नेपाली कांग्रेस बझाङले सत्ताको आडमा प्रहरीले न्याय सम्पादन गर्दा पूर्वाग्रही र ज्यादती गरेको भन्दै आक्रोस पोखेको छ । सदरमुकाम चैनपुरमा नेपाली कांग्रेसका नेता कार्यकर्ताहरु भेला भई सत्तारुढ दलहरुले चुनाबी आक्रोस पोख्न आफ्ना कार्यकर्ता माथी कुटपिट र ज्यादती गरिरहँदा प्रहरी प्रशासनले पिडीतलाई न्याय दिनुको साँटो उल्टै प्रहरी हस्तक्षेप गरेको आरोप लगाएको छ ।

सदरमुकाम चैनपुरमा भेला भएको नेता तथा कार्यकर्ताहरुले प्रहरी प्रशासनले न्याय सम्पादन गर्दा निस्पक्ष ढंगले नगरि सत्तारुढ दलका नेताको फोनको आधारमा दोषीलाई उन्मुक्ती दिन प्रहरी प्रसासन सकृय भएर लागेको बताएका छन् । सयौ नेता तथा कार्यकर्ताको बिचमा बुधबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउदै नेपाली काँग्रेसका जिल्ला सभापती हर्कजंग बहादुर सिहंले नेपाली कांग्रेसका कार्यकर्तालाई निसाना बनाई प्रहरी प्रशासनले झुट्टा मुद्दामा फसाउदै गएको र पिडीतलाई न्याय दिनुको सट्टा थप पिडा दिएको आरोप लगाए  ।

उनले भने यतिखेर नेपाली कांग्रेस केन्द्र देखी प्रदेशमा पूर्णरुपमा प्रतिपक्षमा बसेकाले सत्तारुढ दलहरुले शक्तीको दुरुपयोग गरि चुनाबको आक्रोस पोख्न आफ्ना कार्यकर्तालाई निसाना बनाएको बताए । ज्ञापन पत्रमा भनिएको छ दुर्गाथली गाँउपालिका ४मा दुई पक्ष बिच झै झगडा हुँदा सुरुमा आक्रमण गरि झगडाको सुरुवात गर्ने पक्षलाई काँखि च्यापी पिडीत ब्यक्ति उपर मुद्दा चलाई, थुनुवा राखी प्रहरी प्रशासनले नियम र कानुनको ठाडो उल्लंघन गरि अशोभनिय कार्य गरेको जनाईएको छ । साथै पिडीत पक्षको निबेदन समेत प्रहरी प्रसाशनले दर्ता नगरिदिएको आरोप लगाएको छ ।

प्रहरीले नेपाली कांग्रेसका कार्यकर्ता माथी पूर्वाग्रही हिसावले अनावश्यक निहु खेजी थुन्ने तथा झुट्टा मुद्दा लगाउने कार्य तत्काल बन्द गर्न आग्रह गरेको छ । ‘बिबाहकै दिन  दुर्गाथली गाँउपालिका ४ का स्थानिय बासी तथा नेपाली कांग्रेसका कार्यकर्ता यूवराज भण्डारीको भाईको बिबाहमा अनावश्यक हमला गरि भण्डारीलाई पिट्दै लखेट्दै स्थानिय गाँउको एक घरमा लुकी बस्दा प्रहरीलाई खबर गरि उद्दार गर्न लगाएको नेपाली कांग्रेसका नेता सत्यराज भण्डारीले भने पिडीत पक्ष भन्दा अगाडी पिडक पक्षको निबेदन दर्ता गरि घाईते भई जिल्ला अस्पताल बझाङबाट रिफर गरि धनगडी लैजादै गरेका  यूवराज भण्डारीलाई अनावश्यक रुपमा प्रहरी बिच बाटोबाट ल्याई प्रहरी हिरासतमा राखेको बताए । साथै अन्य घाईतेहरुलाई समेत उपचारका लागी नेपालगञ्ज लग्दै गर्दा कैलालीको चौमालाबाट प्रहरीले नियन्तणमा लिई हिरासतमा पिडीतहरुलाई झुट्टा मुद्दा लगाउन खोजेको आरोप लगाए ।
 
यसै गरि गएको हप्ता मदिरा सेबन गरेको आरोपमा प्रहरी थुनामा परेका कांग्रेस कार्यकर्ता भरत खड्कालाई समेत प्रहरीलाई गाली गरेको भन्दै सार्बजनिक मुद्दा चलाई तारेखमा रिहा भएका छन् पूर्व यूवा तथा खेलकुद राज्यमन्त्रि नरेश बहादुर सिहंले भने भयो यस पटक कांग्रेसले चुनाब हारेको भन्दै सत्तापक्षले सत्ताको दुरुपयोग गरि निर्दोष मान्छेलाई दुख दिन खोजेको बताए । उनले भने  यो प्रहरी दमन र ज्याजतीको अन्त्य नभए  कडा आन्दोलन गर्ने चेतावनी समेत दिए । प्रहरीले दुख दिने उदेश्यले  खप्तड छान्ना गाँउपालिका ६ का वडाध्यक्ष तिलक खड्कालाई समेत सडक बनाउदा आफ्ना  जग्गा मासेको भनेर स्थानिय तेज बहादुर खड्काले उहाँको नाममा उजुरी दर्ता गरेको रहेछ पूर्व जिबिस सभापती चेतराज बजालले भने  सरकार पक्षको दवापले प्रहरीले झुट्टा  मुद्दा लगायो ।

उता प्रहरी नायव उपरिक्षक ऋसिराम कडेलले कहिले काहिँ कामहरु सम्पादन गर्दा एउटै पार्टीको परेको हुन सक्छ । अहिले आफु यता रहुन्जेल निस्पक्ष भएर कार्यहरु सम्पादन गरेको बताए । उनले भने दुर्गाथली गाँउपालिका ४ का यूवराज भण्डारीको हकमा भने भण्डारीको पक्षको कम चोटपटक लागेको तथा र अर्को पक्षको गम्भीर घाईते भएकाले छन् दुबै पक्षले भनेका कुराहरु सबै खुलाएर हामीले सरकारी वकिल कार्यालयमा बुझाई सकेको बताए ।

साथै जिल्लामा दिन प्रतिदिन मौलाउदै गएको भष्टाचार दण्डहिनताको अन्त्यका साथै आसिना तथा बाढी पहिरोबाट ज्यान गुमाउने परिवार तथा पिडीतहरुलाई  क्षतीपुर्ती दिन समेत माग गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ