arrow

आइएमई जनरल इन्स्योरेन्स र एभरेष्ट बैंक बिच सम्झौता

logo
प्रकाशित २०७५ जेठ २ बुधबार
ime-evrest.jpg

काठमाडौं  ।  आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र एभरेष्ट बैंक लिमिटेड बिच बैंकाएसुरेन्स सेवा सम्झौता भएको छ । बुधवार सो सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र एभरेष्ट बैंक लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक केशब राज पौडेलले हस्ताक्षर गरे।

 उक्त सम्झौता पश्चात बैंकका ग्राहकले नेपालभर रहेका एभरेष्ट बैंकका शाखाहरु मार्फत आइएमई जनरल इन्स्योरेन्सले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्नेछन । सो कार्यक्रममा एभरेष्ट बैंकका प्रमुख कर्याकारी अधिकृत सोमेश्वर सेठ, नायब महाप्रबन्धक द्धय  राजिव जैन र गिरिश कोहली साथै आइएमई जनरलर इन्स्योरेन्सका नायब महाप्रबन्धक द्धय शरण रेग्मी र  पवन थापाको उपस्थिती रहेको थियो ।

 सोही अवसरमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बैंकसंगको संझौताबाट कम्पनीलाई अझै आफनो सेवालाई सरल, सहज र चुस्त राख्न प्रेरणा मिलेको बताए  । बैंकका सबै ग्राहकहरुले आफूले बैकिङ्ग सेवा लिईरहेका  बैंकको शाखा मार्फत आफूलाई आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा प्राप्त गर्नसक्ने बताए ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत  युगेशभक्त वादे श्रेष्ठले बैंकसंग अझै सुमधुर सम्बन्ध स्थापित गरी व्यवसाय विस्तार गर्दै उच्चकोटीको सेवा प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेको जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ