arrow

राजकुमार ह्यारी र मार्कलको विवाहको खुशीयालीमा देशभरी चियापान कार्यक्रम

logo
प्रकाशित २०७५ जेठ ५ शनिबार
harry-megna.JPG

विन्डसोर, बेलायत ।बेलायतका राजकुमार ह्यारीले शनिबार अमेरिकी पूर्वअभिनेत्री मेगन मार्कलसँग विवाह गर्न लागेका छन् । राजधानी लन्डनभन्दा झन्डै ३० किलोमिटर पश्चिममा रहेको विन्डसोर क्यास्टलमा आयोजना गरिएको वैबाहिक समारोहलाई विश्वभरीबाट चासोका साथ हेरिएको छ ।

विवाह समारोहमा एक लाख निम्तालु सहभागी हुने अनुमान गरिएको छ । यसलाई एउटा ऐतिहासिक घटनाको रुपमा लिइएको छ ।  विवाहको खुशीयालीमा देशभरी चियापान कार्यक्रमको आयोजना गरिएको समाचारमा जनाइएको छ ।

तेत्तीस वर्षीय राजकुमार ह्यारी र ३६ वर्षीया मार्कल सन् २०१६को जुलाई महिनादेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ ।  राजगद्दीको उत्तराधिकारीको पाँचौँ रोल क्रममा रहेका राजकुमार ह्यारीको प्रेमी जोडी गत सेप्टेम्बर महिनामा पहिलो पटक सार्वजनिकरुपमा देखा परेका थिए ।

अमेरिकी टेलिभिजनको टेलि श्रृखंलामा काम गर्दा चर्चित भएकी मार्कल परोपकारी कार्यमा पनि संलग्न छन् ।एएफपी

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ