arrow

एक घण्टाभित्र फुल चार्ज हुन्छन् अब आउने आईफोनहरु 

logo
प्रकाशित २०७५ जेठ ६ आइतबार
iPhone_7.jpg.jpeg

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एप्पल सन् २०१८ मा पनि आईफोनको अर्को संस्करण बजारमा ल्याउने तयारीमा रहेको छ । भिन्न विवरणहरुले बताएअनुसार अब बजारमा आउने आईफोनमा भने चार्जिङको समस्या निकै कम हुनसक्छ । 

अब आउने आईफोनको लागि एप्पलले यस्तो चार्जर दिनेछ, जसले निकै छिटो तपाइँको स्मार्टफोन चार्ज गर्न सक्छ । यतिमात्र होइन उक्त आईफोनलाई म्याकबुकसँग पनि कनेक्ट गराउन सकिन्छ । 

विवरणमा बताइएअनुसार नयाँ चार्जिङ केबलबाट डाटा ट्रान्सफर पनि तीव्र गतिमा हुनेछ । एक वेबसाइटमा बताइएअनुसार एप्पल कम्पनीको आगामी आईफोनको साथमा एक १८ वाटको यूएसबी टाइपको फास्र्ट चार्जर पनि आउनेछ । 

यो अहिले प्रदान गरिएको चार्जरको तुलनामा भने केही ठुलो हुनेछ । वेबसाइटमा अहिले एप्पलले प्रदान गर्दै आएको चार्जरको तुलनामा यो चार्जरले दुईगुणा छिटो आईफोन चार्ज गर्न सक्छ । 

अहिले बजारमा रहेका आईफोन८, आईफोन ८ प्लस र आईफोन एक्सलाई पूरा चार्ज गर्न करिब ९० देखि एक सय २० मिनेट लाग्ने गरेको छ । नयाँ चार्जर आएपछि भने आईफोन एक घण्टाभित्र नै पूर्ण चार्ज गर्न सकिन्छ । 

एप्पल कम्पनीले आईफोन ८, आईफोन ८ प्लस र आईफोन एक्स बजारमा ल्याउँदा पनि फास्ट चार्जिङ बजारमा ल्याएको थियो तर उक्त प्रणाली प्रभावकारी भने देखिएको थिएन ।

यस्तोमा कम्पनीले नयाँ चार्जरको प्रयोग गरी सो समस्या समाधानको प्रयोग गर्न लागेको हो । एप्पल कम्पनीले सन् २०१८ मा तीनओटा नयाँ आईफोन सार्वजनिक गर्नसक्ने अनुमान गरिएको छ । 

जसमा एक आईफोन छ दशमलव १ इन्चके रहने छ । अहिलेसम्म यस विषयमा एप्पलले कुनै किसिमको आधिकारिक जानकारी भने दिएको छैन । अब आउने आईफोनम एक विशेष किसिमको लेयर दिइनेछ, जसले नयाँ स्मार्टफोनमा ३डी टचलाई सहयोग गर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ