arrow

७९ वर्षीया वृद्धालाई बुझाइयो ६० वर्षअघिको प्रेमपत्र, के छ त्यस्तो पत्रमा ?

logo
प्रकाशित २०७५ जेठ ६ आइतबार
love-letter.jpg

काठमाडौं । सन् १९५० को दशकमा लेखिएको प्रेमपत्र एक महिलालाई फिर्ता गरिएको छ । ६० वर्षअघि आफ्ना पतिलाई उनले लेखेको प्रेमपत्र फिर्ता गरिएको हो । लोई एडिभियनले आफ्नो उक्त प्रेमपत्र विवाहपछि एउटा बाकसमा विवाहको प्रमाणपत्रसँगै राखेकी थिइन् । उनले भविष्यको श्रीमान्को लागि लेखेको उक्त पत्र पाँच वर्षअघि गल्तीले उनले एक च्यारिटी पसलाई दिएकी थिइन् । 

उक्त प्रमाणपत्र विभिन्न ग्राहकहरुकोमा पुग्दै गर्दा एक महिलाले पाइन् र यसको फोटो खिचेर समाजिक सञ्जाल फेसबुकको पेजमा सेयर गरिदिइन् । उनले सेयर गरेपछि यो पेजमा रहेका मानिसहरुले उनीहरुलाई सहयोगको लागि अपिल गरे र पाँच घण्टाभित्र सो पोस्ट उनीहरुको परिवारको सदस्यले फेला पारे । 

यो पत्रका साथै विवाहको प्रमाणपत्र पाएपछि एडिभियनले खुसी व्यक्त गर्दै आफूले यो पत्र पुनः हात पार्ने आशा मारिसकेको बताइन् । परिवारका सदस्याहरु पहिचान भइसकेपछि उक्त प्रेमपत्र क्याथी डेभियासले घरमै लगेर उक्त जोडीलाई दिएकी थिइन् । व्यक्तिगतरुपमा नै उनीहरुले आमन्त्रण गरेपछि उनले घरमै लगेर सो पत्र दिएकी थिइन् । 

डेभियासले उनीहरुको घरमा लगेर यो पत्र पु-याउँदा उनीहरु निकै राम्रो लागेको बताएकी छिन् । डेभियासले आफूले सो पत्र दिँदा उनीहरुले निकै खुसी भएको र आफू पनि भावुक बनेको उल्लेख गरेकी छिन् । 

७९ वर्षीया एडिभियनले सन् १९६१ मा आफ्नो विवाहको प्रमाणपत्रको प्रतिलिपी लिएकी थिइन् । ओरिजिनल पत्र हराएसँगै उनले सो को प्रतिलिपी लिएकी थिइन् । उनी आगामी साता ८० औं जन्मोत्सव मनाउँदै छिन् । उनले यो जन्मोत्सव किशोरवयमा हुँदा लेखेको प्रेमपत्र लेखेर मनाउने तयारी गरेकी छिन् ।

The love letter

Derek and Louie Edyvean

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ