arrow

जापानी नागरिकद्वारा झापाका १२ विद्यालयमा करोडौँका भवन निर्माण

logo
सुरेन्द्र भण्डारी,
प्रकाशित २०७५ जेठ ७ सोमबार
school_new.png

सुङ्गा, झापा । झापा भद्रपुरका डा राजीव खनाल २०४९ साल तत्कालीन युगोस्लाभिया गए । उनि जापान टिम अफ यङ ह्युमन पावरमा आबद्ध भएर कामको सिलसिलामा युगोस्लाभिया पुगेका थिए ।

जतिबेला युगोस्लाभियामा युद्ध चलिरहेको थियो, त्यतिबेला उनि घाइतेको उद्धार र उपचारका लागि खटिए । तेर्‍ह वर्ष युगोस्लाभिया रहँदा उनले शरणार्थीको क्षेत्रमा पनि काम गर्न भ्याए । जापान टिम अफ यङ ह्युमन पावरले कम्बोडियामा ३५० विद्यालयमा भवन निर्माण गरेको देखेपछि उनले सो संस्थालाई नेपालमा पनि शिक्षा क्षेत्रमा सहयोग पुर्‍याउन आग्रह गरे । फलस्वप सो संस्थामा आबद्ध जापानी नागरिकले अहिले झापाका एक दर्जनभन्दा बढी विद्यालयलाई करोडौँ पैयाँका भवन निर्माण गरिदिएका छन् । डा राजीव अहिले सो संस्थामा नेपालका लागि ‘कोअर्डिनेटर’का पमा अहिले पनि आबद्ध छन् । भद्रपुरमा रहेको घनश्याम स्मृति प्रतिष्ठानमा समेत आबद्ध उनि भद्रपुरका शिक्षासेवी घनश्याम खनालका छोरो हुन् । बुबाको निधनपछि स्थापित सो प्रतिष्ठानले सो जापानी संस्थासँग सहकार्य गर्दै झापाका विभिन्न विद्यालयमा भवन निर्माण गर्दै आएको छ ।

प्रतिष्ठानका सदस्य डा खनालले सो संस्थासँग सहकार्य गरेपछि सन् २०११ देखि झापाका विभिन्न विद्यालयमा वर्षेनी भवन निर्माण कार्य हुँदै आएको छ । सन् २०११ मा सो संस्थाका अध्यक्ष मादाम ओसनामले झापाको भ्रमण गरेपछि पहिलो वर्ष तत्कालीन शान्तिनगर गाविसमा रहेको राष्ट्रिय विजय माविमा भवन निर्माण गरिएको थियो ।

त्यस्तै, भानु माविमा पनि सोही वर्ष विद्यालय भवन निर्माण थालिएको बताउछन् , धनश्याम स्मृति प्रतिष्ठानका सदस्य डा खनाल । उनि भन्छन् , “मैले लामो समयसम्म जापान टिम अफ यङ ह्युमन पावरमा आबद्ध भएर काम गरेँ । त्यो बेला कम्बोडियामा विद्यालय भवन निर्माण गरेको देखेको थिएँ । उनीहलाई मेरो देशमा पनि शिक्षा क्षेत्रको विकासका लागि केही सहयोग गर्नुहोस् भनेको थिएँ । फलस्वप आज उहाँह नेपालमा आएर यसरी शिक्षा क्षेत्रको श्रीवृद्धिमा उल्लेख्य योगदान पुर्‍याउँदै हुनुहुन्छ ।”

अहिले सो संस्थामार्फत निर्मित झापाका विद्यालय भवन उनीहकै नाममा छन् । जापानी नागरिकले बनाइदिएका सबै भवनमा ‘ड्रिम’ लेखिएको छ । अहिले झापाका नौ विद्यालयमा पक्की भवन निर्माण गरिएको छ भने तीन वटा विद्यालयमा ट्रष्ट बनाइएको छ ।

कुन–कुन विद्यालयमा कति लगानी

तोशिरो हिरोता र हात्सुए हिरोता जापानी नागरिक हुन् । जापानको टोकियो निवासी तोशिरो हाल व्यवसायमा आबद्ध छन् । उनि यसअघि जापानमा शिक्षा अधिकारी थिए । सरकारी सेवाबाट अवकाश भएपछि उनि व्यवसायमा आबद्ध भए  । उनकी श्रीमती हात्सुए गृहिणी हुन् । लामो समयसम्म शिक्षा अधिकारी रहँदा तोशिरोले त्यहाँको शैक्षिक क्षेत्रमा उल्लेख्य काम गरेको बताइएको छ ।

नेपाल भ्रमणका क्रममा उहाँले नेपालको शैक्षिक प्रणाली, विद्यालय र विद्यार्थीको अवस्था बुझेपछि शिक्षा क्षेत्रमा सहयोग गर्ने सोच बनाए र उनले झापाका तीन विद्यालयमा लगानी गरे । आफू जापानी नागरिक भएर पनि उनले नेपालको शैक्षिक क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएको जिल्ला शिक्षा अधिकारी योगेन्द्र बरालले बताए । घनश्याम स्मृति प्रतिष्ठानको समन्वयमा तोशिरो र हात्सुए दम्पतीले अर्जुनधारा नगरपालिकामा रहेको लक्ष्मी माविमा  ९७ लाखको लागतमा दुईतले आठकोठे पक्की भवन निर्माण गरेका छन् ।

त्यस्तै, उनले बिर्तामोड नगरपालिकास्थित बुट्टाबारीमा रहेको सरस्वती माविमा पनि चारकोठे पक्की भवन निर्माण गरे जसको लागत  ४८ लाख रहेको छ । त्यस्तै, उनले बाह्रदशी गाउँपालिका–७ स्थित डाँगीबारीमा रहेको गौरीशंकर माविमा  ४२ लाखको लागतमा चारकोठे विद्यालय भवन निर्माण गरेको छ जुन भवनमा ‘हिरोता ड्रिम भवन’ लेखिएको छ ।

यसअघि जापानी नागरिक एड्को हिरोसिमाले आफ्नी दुई नातिनी कालो हिका र इझुमीको नाममा शान्तिनगर–६ सुनमाईस्थित राष्ट्रिय विजय माविमा दुईकोठे पक्की भवन निर्माण गरेका थिए । सो संस्थामार्फत घनश्याम स्मृति प्रतिष्ठानको समन्वयमा  २१ लाखको लागतमा सो भवन निर्माण गरिएको प्रतिष्ठानकी अध्यक्ष नवकुमारी खनालले बताइन् ।

यता, जापानी नागरिककै सहयोगमा कनकाई नगरपालिकामा रहेको सिंहदेवी निमावि टेक्रामा पनि  ४२ लाखको लागतमा चारकोठे भवन निर्माण भएको छ । भद्रपुर नगरपालिकामा रहेको पशुपतिनाथ विद्यालयमा पनि  ३५ लाखभन्दा बढीको लगानीमा तीनकोठे भवन निर्माण भएको छ । हल्दिबारीको पाराखोपीमा रहेको सरस्वती निमाविमा दुईकोठे भवन निर्माण भएको छ जसको लागत  १९ लाख रहेको बताइएको छ ।

यता, पथरियामा रहेको लक्ष्मीप्रसाद देवकोटा माविमा  ४५ लाखको लागतमा चारकोठे भवन निर्माण गरिएको छ । श्री निमावि अर्जुनधारामा पनि  ३५ लाखको लागतमा तीनकोठे भवन निर्माण गरिएको छ । जापानी नागरिकको सहयोगमा निर्माण गरिएका अधिकांश भवन बाल तथा अपाङ्गमैत्री रहेका छन् । यता महारानीगञ्ज माविमा पनि  ४२ लाखको लागतमा चारकोठे भवन (ट्रष्ट) निर्माण भएको छ । ज्यामिरगढी माविमा पनि  ४३ लाखको लागतमा तीनकोठे ट्रष्ट निर्माण भएको घनश्याम स्मृति प्रतिष्ठानकी सदस्य प्रतिभा रिजालले बताइन् ।

जन्मदिनमा लक्ष्मी माविलाई भवन उपहार

जापानी नागरिक तोशिरो हिरोताले श्रीमती हात्सुएको जन्म दिन मनाउँदा अर्जुनधारा नगरपालिकामा रहेको लक्ष्मी माविलाई चारकोठे भवन निर्माण गरिदिइन्  । श्रीमती हात्सुएको ‘बर्थ डे’ सेप्टेम्बर ३० मा हो । विसं २०७१ साल असोज १४ गते उनले श्रीमतीको जन्मदिन झापामा आएर मनाए जुन दिन उनले श्रीमती हात्सुएको नाममा निर्माण गरिदिएको चारकोठे भवन लक्ष्मी माविलाई हस्तान्तरण गरिएको थियो । श्रीमतीको नाममा निर्माण गरिएको भवन तोशिरोले हात्सुएलाई जन्मदिनको अवसरमा विद्यालयलाई हस्तान्तरण गर्न लगाए ।

तीन विद्यार्थीलाई गाई उपहार !

लक्ष्मी माविमा अध्ययनरत तीन जना विद्यार्थीलाई हिरोता दम्पतीले गाई उपहार दिएका छन् । तोशिरो श्रीमतीको जन्मदिन मनाउन झापा आएका बेला लक्ष्मी माविमा आयोजित भवन हस्तान्तरण कार्यक्रममा हात्सुएलाई विद्यार्थी आफैँले जन्मदिनको शुभकामना कार्ड बनाएर दिएपछि उनीहलाई हिरोता दम्पतीले ५५ हजार मूल्य बराबरका दुई गाई उपहार दिएका थिए । सीमा र पुष्पा मिश्र तथा पेश तामाङले हात्सुएलाई जन्मदिनको शुभकामना व्यक्त गर्दै आफैँले बनाएको शुभकामना कार्ड प्रदान गरेपछि उनीहलाई हिरोता दम्पतीले गाई उपहार दिए । योसँगै उनीहलाई उच्च शिक्षा अध्ययनका लागि सम्पूर्ण खर्च व्यहोर्ने र लालनपालनमा समेत सहयोग गर्ने घोषणा गरेका थिए ।

सरस्वस्ती मावि बिर्तामोड–६ बुट्टाबारीले जापानी नागरिकले विद्यालय भवन निर्माण गरिदिएको भन्दै दातालाई सम्मान गरेको छ ।

घनश्याम स्मृति प्रतिष्ठान झापाको समन्वयमा जापानी नागरिक तोशिरो र हात्सुए हिरोताले विद्यालय भवन निर्माण गरिदिएपछि उनिहलाई विद्यालयमा आयोजित एक कार्यक्रमबीच सम्मान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजुजंग कन्दङ्वाले जापानी नागरिकद्वयलाई सम्मानपत्र प्रदान गर्दै गोर्खालीको पहिचान खुकुरी मायाको चिनोस्वप प्रदान गरेका थिए । रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ