arrow

गढीमाईलाई पर्यटकीय स्थलको रूपमा विकास गर्ने 

logo
मुकेश यादव
प्रकाशित २०७५ जेठ ८ मंगलबार
gadhimai.jpg

बारा । प्रदेश नम्बर २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले गढीमाईलाई पर्यटकीय स्थलको रूपमा विकास गर्ने बताएका छन् । महागढीमाई नगरपालिका बरियारपुर १ स्थित रहेको गढीमाईको पुजापछि नगरपालिकाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख कायस्थले गढीमाईलाई प्रदेश सरकारले विकास गर्ने प्राथमिकतामा राखेको समेत बताए । 

उनले भने ‘गढीमाईलाई विकास गरि पर्यटक भित्रयाउने समेत काम लागि परेको छ ।’ गढीमाईमा दर्शन गर्न र बाहिरी पर्यटक आकर्षण गर्ने खालको विकास गर्नका लागि प्रदेश नीति आयोगले निरीक्षण गरि आफनो प्रतिवेदन बनाउनेमा लागि परेको बताए । 

प्रदेश प्रमुख कायस्थले चांडै नै गढीमाईलाई पर्यटकीय स्थलको रूपमा विकास हुने धारणा राखे । आयोजित कार्यक्रममा महागढीमाई नगरपालिका बरियारपुरका नगर प्रमुख उपेन्द्र प्रसाद यादवले गढीमाईलाई पर्यटकीय स्थलको रूपमा विकास गर्न नगरपालिका लागि परेको बताए । 

गढीमाईमा बाहिरबाट दशर्न गर्न आउने पर्यटकहरूको लागि मन्दिरको उतरपट्टीमा डिलक्स शौचालयको निमार्ण गरिरहेको छ । मन्दिरको पश्चिममा रहेको पोखरीमा सुर्य भगवान मन्दिरको नेपालमा पहिलो पटक ठूलो लगानीमा मन्दिरको निर्माण कार्य भईरहेको नगर प्रमुख यादवले बताए ।  नगरको प्रत्येक सडक मन्दिरलाई छुन्ने गरि निर्माण भईरहेको छ । 

उनले गढीमाईलाई रामवाण सर्किटसंग जोडन प्रदेश प्रमुख कायस्थलाई आग्रह गरे । प्रदेश प्रमुख कायस्थलाई नगर प्रमुख उपेन्द्र प्रसाद यादव, नगर उप(प्रमुख तारा देवी कानुले मायाको चिनो प्रदान गरेका थिए । 

कार्यक्रममा प्रदेश सभा सदस्यद्वय पारस साह, शारदाशंकर साह, बच्चा यादव, बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानान्धर, प्रहरी उपरिक्षक मिरा चौधरी, सशस्त्र प्रही उपरीक्षक बेनु प्रसाद पाठक, गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिका अध्यक्ष रामचन्द्र साह, सचिव मोतिलाल कुशवाहा, समाजसेवी, बुद्धिजीवी लगायत स्थानीय बासिन्दाहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमिता बज्राचार्यले गरेकी थिईन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ