arrow

नाकाबन्दीका कारण दैनिक सवा लाख लिटर दुध उठ्न छोड्यो

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1241013357.jpeg
चितवन। भारतीय अघोषित नाकाबन्दीका कारण दूध डेरीले दूध उठाउन नसकेपछि यहाँका कृषक मर्कामा परेका छन् । दैनिक जिल्लाभरमा दुई लाख २५ हजार लिटर दूध उत्पादन हुने भए पनि डेरीले पालो मिलाएर दैनिक एक लाख लिटर मात्रै उठाउँदै आएका छन् । जसका कारण एक लाख २५ हजार लिटर हाराहारी दूध नोक्सान हुँदै आएको छ । 
 
जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ चितवनका अध्यक्ष हरिहर सुवेदीका अनुसार संविधान जारी भएसँगै झन्डै ३७ दिनयता कृषकको दूध पूरै उठ्न सकेको छैन । यो सबै हिसाबबाट करिब रु २२ करोड नोक्सान भइसकेको उहाँले बताउनुभयो । 
 
चितवनमा १३८ वटा डेरी र २०० वटा निजी फर्मबाट दूध सङ्कलन हुने गर्दछ । जिल्लामा ७१ हजार गाई र ६८ हजार भैँसी रहेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख डा रामकुमार कार्कीका अनुसार जसमध्ये ६० प्रतिशत गाई दुहुना छन् भने भैँसी ३५ प्रतिशतको हाराहारीमा दुहुना रहेका छन् । पछिल्लो समय नस्ल सुधारका कारण दूध उत्पादन प्रभावकारी हुँदै गए पनि बिक्री गर्न नपाएपछि व्यवसाय प्रभावित बनेको प्रमुख कार्कीले बताउनुभयो । 
 
उहाँका अनुसार गत वर्ष गाईभैँसीमा जिल्ला पशु सेवा कार्यालयले मात्र रु ५४ लाख अनुदानसमेत दिएको थियो । दाना चोक्करको मूल्य बढ्नु र दूध बिक्री हुन नसक्नुले यो व्यवसाय नै धरासायी हुनेतर्फ गएको दुग्ध उत्पादक जिल्ला सहकारी सङ्घ चितवनका उपाध्यक्ष बालकृष्ण उप्रेती बताउनुहुन्छ । चितवनबाट दुग्ध विकास संस्थान (डिडिसी) सुजल फुड र सीताराम डेरी उद्योगले दूध खरिद गर्ने गरेका छन् । जिल्लाको ठिमुरामा खुलेको चितवन मिल्क उद्योग बन्द भएका कारणले पनि दूध उठ्न नसकेको हो । सो उद्योग भूकम्प गएयता सञ्चालन हुन सकेको छैन । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ