arrow

सबैको समावेशी विकासले मात्रै नेपालको विकास हुन्छ : राजदुत बड

logo
नारायण रिजाल,
प्रकाशित २०७५ जेठ ९ बुधबार
australian_ambasder.jpg

बागलुङ ।   नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडले सामाजिक समावेशीताको विकासले नेपालको विकास हुने बताएका छन । धौलागिरी आवासिय बहिरा विद्यालयको अवलोकनका लागी बागलुङ आएका बडले सामाजिक समावेशीकरणका लागि अष्ट्रेलियन दुतावास सधै साथमा रहेको बताए ।

उनले अहिले सीपमूलक शिक्षा आर्जन गरेका बहिरा विद्यार्थीहरुले भोलीको विकसित नेपालको निर्माणका लागि योगदान गर्ने समेत विश्वास व्यक्त गरे । बडले सबैको समावेशी विकासले मात्रै नेपालको विकास हुने बताए । यो बहिरा विद्यालयका विद्यार्थीले पाठ्यक्रमको कुरा मात्रै नभई अन्य बाहिरी व्यवहारिक कुराहरुको पनि अध्ययन गरेका रहेछन्’ उनले भने ‘यो सीपले पक्कै पनि समाजका योगदान पुर्‍याउनेछन् ।’

अष्ट्रेलियन राजदुतावासको सहयोगमा सम्पन्न बहिरामैत्री पठन पाठन तालिममा सहभागीलाई प्रमाणपत्र वितरण गर्न बागलुङ आएको बडले धौलागिरि आवासीय विद्यालयको अवलोकन गरेका हुन् । विद्यालयको बारेमा बताउँदै विद्यालयका संस्थापक केवि रानामगरले सामाजिक रुपमा हेलामा परेका बहिराहरुका लागि व्यवहारिक र सिपमूलक शिक्षा प्रदान गर्ने काम गरिएको जानकारी दिए । नियमित पाठ्यक्रमका अतिरिक्ति सिपमूलक कार्यक्रमहरु पनि हामीले सञ्चालन गरिरहेका छौं,’ रानाले भने, केहीले चित्रकला सम्बन्धी काम सिकीरहेका छन् । कतिले सिलाई कटाई सम्बन्धी काम सिकीरहेका छन् । त्यसले उनीहरुलाई समाजका स्थापित हुनका लागि पक्कै सहयोग पुर्‍याउँछ ।’

कक्षा ८ देखि नै हामीले कम्प्युटर शिक्षा संचालन भएको उक्त विद्यालयमा कक्षा १० पछि तीन वर्षे कम्प्युटर ईन्जिनियरीङको कक्षा अहिले सञ्चालन भै रहेको छ ।  राजदुत वडले बहिरा विद्यार्थीहरुले अध्ययन गर्ने कम्प्युटर कक्षा, चित्रकला कक्षा पुस्तकालय लगायतको अवलोन गरेका थिए । बहिरा विद्यालयको अवलोकन पूर्व सिटीईभिटीको सम्बन्धनमा डिआईआरडिसी बागलुङले सञ्चालन गरेको बेसिक पलम्बर तालिम र सिलाई कटाई तालिमको समेत अवलोकन गरेका थिए ।

पलम्बर तालिमको अवलोकनपछि राजदुत बडले सीपमूलक तालिम लिएकाहरुका लागि  विदेशमा पनि ठूलो अवसर रहेको बताए । हाम्रो अष्ट्रेलियामा पलम्बर काम गर्नेले धेरै पैसा कमाउँछन्,’ उनले भने, मैले पनि छोरीलाई पलम्बर बन्न भनेको थिएँ, तर उनले मानिनन् ।’ तीन सय ९० घण्टाको पलम्बर र सिलाई कटाई तालिममा २०-२० जना प्रशिक्षार्थी सहभागी रहेका थिए ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ