arrow

रुस विश्वकप २०१८ को गीत सार्वजनिक

logo
प्रकाशित २०७५ जेठ ११ शुक्रबार
world-cup-song.JPG

काठमाडौं । रुस विश्वकप-२०१८ को आधिकारिक गीत सार्वजनिक भएको छ । यसपटकको विश्वकपका लागि ‘लाइभ इट अप’ बोलको गीत सार्वजनिक भएको हो ।

यसअघिको गीतभन्दा फरक रहेको यसपटकको विश्वकपको गीत सम्झिन पनि निकै सजिलो र सुन्दा आनन्द दिने किसिमको रहेको छ । बेल एयर, विल स्मिथका साथमा निक्की जाम र एरा इस्ट्रेफीको गीतलाई यसपटकको आधिकारिक गीत बनाइएको हो ।

यो गीत विश्वकपको फाइनल आगामी जुलाई १५ मा रुसको राजधानी सहर मस्कोमा प्रस्तुत गरिनेछ । विल स्मिथले यो गीतको लागि विश्वकप फाइनलमा प्रस्तुतीको अफर आउनु आफ्ना लागि निकै खुसीको कुरा रहेको प्रतिक्रिया दिए । गीत सार्वजनिक भएता पनि म्युजिक भिडियो भने आइसकेको छैन । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ