arrow

लौ आयो पेट्रोलः लिटरको २२५ रुपैयाँ

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
564090558.jpeg
सप्तरी। भारतबाट पेट्रोलियम पदार्थ नेपाल आउन छाडेपछि सप्तरीसहित तराईका जिल्लामा मिसावटयुक्त पेट्रोलको बिक्री, वितरण र कालोबजारीको वृद्धि भइरहेको पाइएको छ । 
 
भारतको अघोषित नाकाबन्दी र विगत ७५ दिनदेखि सप्तरीसहित तराईका जिल्लामा जारी बन्दले यहाँका व्यापारीबाट मिसावटयुक्त पेट्रोल पदार्थ बिक्री तथा वितरण गरिरहेको उपभोक्ताले गुनासो गरेका छन् । 
 
व्यापारी सीमावर्ती बजार भारतको कुनोली र भीमनगरबाट सस्तो मूल्यमा खरिद गरी सप्तरीको अधिकांश बजार तथा पसलमा मिसावतयुक्त पेट्रोल दोब्बर र तेब्बरको मूल्य लिएर बेच्ने गरेको उपभोक्ताले बताएका छन् । अहिले सप्तरीको राजमार्ग क्षेत्र र सहायक राजमार्ग तथा लोकल बाटोघाटोमा मिनरल वाटरको बोतलमा पेट्रोल भरेर प्रतिलिटर रु १८० देखि २२५ सम्ममा बिक्री–वितरण भइरहेको बताइएको छ । 
 
नेपाल आयल निगमले तोकेको मूल्यभन्दा दोब्बर र तेब्बर मूल्यमा यहाँको बजारमा व्यापारीले आफूखुसी मूल्य निर्धारण गरेर बिक्री–वितरण गरिरहे पनि स्थानीय प्रशासनले कुनै चासो नलिएको भन्दै सर्वसाधारणले गुनासो गरेका छन् । 
 
यसैबीच मधेसी मोर्चाको बन्दका क्रममा राजविराजलगायत जिल्लाको विभिन्न स्थानमा भइरहेको पेट्रोल र डिजेलमा भइरहेको कालोबजारी तत्काल रोक्ने कार्य प्रहरीले सुरु गरेको छ । सप्तरी प्रशासनले ठाउँठाउँमा आफ्नो काम सुरु गरिसकेको र महँगो मूल्यमा बिक्री–वितरण गर्ने व्यापारी फेला परेमा कारबाही हुने प्रमुख जिल्ला अधिकारी अनिल ठाकुरले बताउनुभयो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ