arrow

विश्वकप फुटबलबारे जान्नैपर्ने कुराहरु... 

logo
प्रकाशित २०७५ जेठ १२ शनिबार
worldcup-2018-1.jpg

एजेन्सी। रुस विश्वकप आउन अब केवल २० दिन बाँकी छ। विश्वकप सुरु हुँदाको समयमा र अहिलेको फुटबलमा धेरै परिवर्तन भइसकेको छ। रुसमा अहिले हुन गइरहेको विश्वकप इतिहासको २१ औं विश्वकप प्रतियोगिता हो। हालसम्मा आयोजना भएका २० विश्वकप प्रतियोगितामा विभिन्न आठ टोलीहरु विजयी भएका छन्। विश्वकपको उपाधि जित्ने टोलीहरुमा जर्मनी, स्पेन, इटाली, ब्राजिल, फ्रान्स, अर्जेन्टिना, इंगल्याण्ड र उरुग्वे रहेका छन्। 

फुटबलको नतिजाको विषयमा सामान्यतया यसै हुन्छ भनेर अनुमान सकिँदैन तर विश्वकपमा निकै आश्चर्यलाग्नसक्ने नतिजाहरु पनि सम्भव भएका छन्। जसमा सन् १९५० मा अमेरिकाको इंगल्याण्डमाथिको जितलाई निकै आश्चर्यपूर्ण नतिजाको रुपमा लिइन्छ भने सन् १९६६ मा उत्तर कोरियाले इटालीलाई हराएको थियो। १९८० को दशकमा भएको क्यामरुनको उदयले पनि विश्वव्यापीरुपमा चर्चा बटुलेको थियो। सन् १९९० को सुरुको खेलमा अर्जेन्टिनाले बेहोरेको हार पनि अनपेक्षित नतिजा थियो। 

विश्वकपलाई फुटबलको सबैभन्दा ठुलो तथा प्रतिष्ठित प्रतियोगिता बनाउने योजना फ्रान्सका फुटबल अधिकारी जुलेस रिम्याटको रहेको थियो। उनले सन् १९२० मा यो योजना अघि सारेका थिए। सुरुमा उनकै नामबाट विश्वकप ट्रफी दिइने गरिएको थियो। जुलेस रिम्याट विश्वकपको उपाधि स्थायीरुपमा सन् १९७० मा ब्राजिलले पाएपछि भने आधुनिक ट्रफी आएको हो। 

आधुनिक ट्रफीको उचाइ ३६ दशमलव ८ सेन्टिमिटर रहेको छ। यो ट्रफी १८ क्यारेटको सुनबाट बनाइएको छ भने यसको तौल ६१७५ ग्राम रहेको छ। सन् २०१८ को विश्वकप जुन १४ बाट रुसमा सुरु हुँदैन। विश्वकपको फाइनल जुलाई १५ मा हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ