arrow

एआईको लागि नयाँ चिप्स बनाउँदै फेसबुक

logo
प्रकाशित २०७५ जेठ १२ शनिबार
facebook.jpg

एजेन्सी। लोकप्रिय सामाजिक सञ्जाल कम्पनी फेसबुकले भिडयोको विषयवस्तुहरुको विषयमा अध्ययन गर्ने तथा छनोट गर्ने चिप्स निर्माण गर्ने भएको छ । शुक्रबार फ्रान्सको पेरिस सहरमा एक सम्मेलनमा बोल्दै फेसबुका एआई प्रमुख यान लेकुनले फेसबुकको योजना सार्वजनिक गरेका हुन् ।

परम्परागत हिसाबमा भिडियोहरुको विषयमा अध्ययन तथा अनुसन्धानमा धेरै समय तथा ऊर्जा खर्च हुने भएकोले यस किसिमको चिप्स निर्माण गर्न लागिएको हो । अघिल्लो महिनामा ब्लमवर्गले फेसबुक कम्पनीले आफ्नै सेमिप्रोसेसर निर्माण गरिरहेको विवरण सार्वजनिक गरेको थियो ।

फेसबुकले अहिले इन्टेलको कम्प्युटरको माध्यमबाट आफ्नो धेरै एआईका सेवाहरु प्रदान गरिरहेको छ । यस्तोमा फेसबुक नयाँ विशेष किसिमको चिप्स बनाउने योजनामा अघि बढेको हो । यसले भिडियोको माध्यमबाट कसैले आत्महत्याको प्रयास गरेको वा अन्य कुनै किसिमको हिंसाको प्रयास गरेको पनि छिटो पत्ता लगाउन सकिन्छ । साथै आतंकवादी गतिविधिहरुलाई बढावा दिने किसिमको कार्य गरेको खण्डमा पनि त्यसलाई पहिचान गरी हटाउन सकिने फेसबुकले बताएको छ ।

पछिल्लो समय व्यापकमात्रामा फेसबुकमा फोटो तथा भिडियोको क्रम बढेको अवस्थामा फेसबुकले उक्त विवरणहरुलाई सन्तुलनमा राख्नका लागि जीपीयू र एएमडी जस्ता प्रोसेसरको सहयोग लिँदै आएको छ  ।
अहिले एप्पल, गुगल र अमेजनजस्ता कम्पनीहरु विशेष किसिमको चिप्सको सहयोगमा एआई सेवालाई थप विस्तार गर्ने दिशामा अघि बढिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ