arrow

किम–मून वार्तापछि निर्धारित मितिमा नै ट्रम्प–किम वार्ता हुने संकेत 

logo
प्रकाशित २०७५ जेठ १३ आइतबार
korea-north-south.jpg

काठमाडौं । उत्तर कोरियाका नेता किम जोन उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बचिमा यसअघि निर्धारण गरिएको जुन १२ को मितिमा नै बैठक हुने सम्भावना बढेको छ । उत्तर कोरियाले यो बैठकका लागि आफूहरु तयार रहेको बताएसँगै यो सम्भावना बढेको हो । 

गएको विहीबार ट्रम्पले यो बैठक स्थगित गर्ने घोषणा गरेका थिए । यद्यपि शनिबार बेलुका भने ट्रम्पले जुन १२ को मिति परिवर्तन नभएको बताएका हुन् । 

त्यसका साथै उत्तर र दक्षिण कोरियाका नेताहरुले पनि बेलाबेलामा वार्ता गरिरहने विषयमा सहमति गरेका छन् । शनिबार किम जोन उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाइ इनको बीचमा भएको आकस्मिक वार्तासँगै उत्तर कोरियाको तर्फबाट यस्तो बयान आएको हो । उनीहरुको बीचमा दुई घण्टाको कुराकानी भएको बताइएको छ । 

दुई कोरियाका राष्ट्रप्रमुखको बीचमा भएको यो अहिलेसम्मकै दोस्रो बैठक हो । यो बैठक दुई कोरियाको सीमाक्षेत्रको डिमिलिटराइज क्षेत्रमा भएको थियो । 

बैठकमा उत्तर कोरियन नेता किमले मुन जाइ इनले यो मामिलामा गरेको सहयोगको लागि धन्यवाद दिएका थिए । त्यसका साथै आगामी शुक्रबार दुई कोरियाको बीचमा उच्चस्तरीय वार्ता गर्ने सहमति पनि भएको छ । यद्यपि यस विषयमा भने विस्तृत जानकारी दिइएको छैन । 

शनिबार अमेरिकाले पनि सिंगापुरको वार्ता हुने तय भएको जानकारी दिएको छ । त्यसका लागि विशेष किसिमको एक टोली पनि अमेरिकाले पठाउने भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ