arrow

गाउँपालिकाको सबै सामुदायिक विद्यालयमा माविमा कम्प्युटर शिक्षा

logo
निर्मल खत्री,
प्रकाशित २०७५ जेठ १४ सोमबार

म्याग्दी ।  म्याग्दीको रघुगंगा गाउँपालिका अन्र्तगत सञ्चालित सामुदायिक विद्यालयमा कम्प्युटर पढाई सुरु भएको छ । गाउँपालिकाले यो शैक्षिक सत्र देखी नै सबै माध्यामिक तहका विद्यालयमा कम्प्युटर ल्याव स्थापनासंगै कम्प्युटर शिक्षा सुरु गरेको हो ।

गाउँपालिकामा रहेका ९ वटा माध्यामिक तहका विद्यालयहरुमा गाउँपालिका केहि विद्यालयमा शिक्षा विकास तथा समन्वयन इकाई म्याग्दीको लगानीमा कम्प्युटर ल्याव स्थापना गरिएको छ ।  सरकारी विद्यालयमा बिद्यार्थी कम हुर्दै गईरहेको बेलामा गाउँपालिकाले सरकारी विद्यालयमा विद्यार्थी बढाउनुको साथै शिक्षाको गुणस्तर बनाउनको लागी ९ वटा विद्यालयमा गाउँपालिकाले यो आर्थीक बर्षमा नै ५-५ लाख लगानी गरेको छ ।

गाउँपालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरेको गाउँपालिका प्रमुख भब बहादुर भण्डारीका बताए । ‘हामीले यो बर्ष गाउँपालिकामा रहेका ९ वटा माविलाई ५ लाखको दरले लगानी गरी कम्प्युटर ल्याव स्थापना गरिसकेका छौँ’ उनले भने । ९ वटा विद्यालय मध्ये अहिले सम्म सात विद्यालयले ल्याव स्थापना गरि पढाई समेत सुरु भईसकेको छ ।

 एउटै वडामा भएकाले दुई वटा मावि भएकाले गाउँपालिकाको ३ न वडामा समस्या भएको छ । ज्ञानोदय माबि र रघुगंगा माबिमा भने केहि महिनामा नै पढाई सुरु गर्ने उनको भनाई छ । यी दुई विद्यालयल बाहेक मुक्तिधाम माबि भगवती, अमर माबि पाखापानी, महेन्द्र माबि झिँ, जनता माबि दग्नाम, महादेव माबि बेग, रितुङ माबि कुईनेमंगले, महेन्द्र माबि चिमखोलामा भने ल्याब स्थापना गरि पढाई समेत सुरु गरिएको छ ।

आगामी आर्थिक बर्षमा निमावि तह सम्मका विद्यालयमा पनि कम्प्युटर ल्याब स्थापना गर्ने प्रमुख भण्डारीले बताए । ‘कम्प्युटर ल्याब स्थापना भएपछि विद्यार्थीले पढाईमा ध्यान दिएका छन्’ अमर माविका प्रअ यु बहदुर गर्बुजाले भने । कक्षा १ देखि ५ सम्म अंग्रेजी पढाई हुने विद्यालयमा कम्प्युटर शिक्षाले ठुलो भुमिका खेलेको उनको भनाई छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ