arrow

रुस विश्वकप फुटबलको तयारीः फ्रान्सको सही सुरुआत, इटालीको कम्पनी 

logo
प्रकाशित २०७५ जेठ १५ मंगलबार
france2.jpg

काठमाडौं । रुस विश्वकप फुटबल आउन अब १६ दिनमात्र बाँकी रहँदा तयारी भने तीव्र हुन थालेको छ । अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलहरु समेत हुन थालेका छन् । 

सोमबार राति भएको खेलमा उपाधि दावेदारका रुपमा हेरिएको फ्रान्सले आयरल्याण्डलाई २–० ले हरायो । फ्रान्सले पहिलो हाफमै दुवै गोल गरेको थियो । ओलिभर जिरु र नाबिल फेकिरले फ्रान्सलाई गोल दिलाए । जिरुले ४० तथा फेकिरले ४३ मिनेटमा गोल गरेका हुन् । 

फ्रान्सले विश्वकप अगाडि तयारीका लागि इटाली र अमेरिकासँग खेल्न बाँकी छ । यसपटक इटालीले विश्वकपमा स्थान बनाउन सकेन भने अमेरिकाले पनि सकेन । 

Olivier Giroud and Nabil Fekir scored for France as they beat Republic of Ireland 2-0 

Fekir gave France a commanding 2-0 advantage in the 43rd minute in Paris on Monday night

Les Bleus make their way back to the halfway line as Declan Rice shows his dejection

Fekir is replaced by Atletico Madrid star Antoine Griezmann in the 64th minute

Giroud opened the scoring for France in the 40th minute after bundling the ball home

Giroud celebrates after putting Didier Deschamps' side ahead late on in the first half

Kylian Mbappe collects the ball from the net after Giroud breaks the deadlock

Giroud is mobbed by his team-mates in front of the delighted France supporters

यस्तै विश्वकपमा छनौट हुन नसकेको इटालीले साउदी अरेबियासँगको मैत्रीपूर्ण खेलमा जित निकालेको छ । इटालीले साउदी अरेबियालाई २–१ ले हरायो । मारियो बालोटेलीले चार वर्षसम्म राष्ट्रिय टिममा नपरे पनि अहिले फेरि गोलमार्फत राम्रो सुरुआत गरेका छन् । रोबर्टो मान्सिनीले सम्हालेको इटालीले राम्रो खेलेको छ ।

Mario Balotelli rifles homer from outside the box for his first Italy goal in nearly four years

The Nice striker was making his first start for his country since the 2014 World Cup

Balotelli is mobbed by team-mates after giving them the lead against Saudi Arabia on Monday

Andrea Belotti bundles the ball home to double Italy's lead midway through the second half

Roberto Mancini sings the national anthem as he takes charge of his first match as Italy boss

Yahya Al-Shehri rounds Gianluigi Donnarumma to pull one back for Saudi Arabia

अन्य खेलहरुमा दक्षिण कोरियाले होन्डुरसलाई २–० ले, केन्याले गुइनियालाई १–० ले, बोत्स्वानाले एंगोलालाई २–१ ले, टर्कीले इरानलाई २–१ ले, अमेरिकाले बोलिभियालाई ३–० ले हरायो । 

पोर्चुगलले ट्युनियासंग २–२ को बराबरी खेल्यो । आन्द्रे सिल्भा र जाओ मारियोले पोर्चुगललाई गोल दिलाए । 

नाइजेरिया र कंगोले १–१ ले बराबरी खेले । मेक्सिको र वेल्सले गोलरहित बराबरी खेले । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ