arrow

आयोनले बाड्यो मिर्गेमा सिरक

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
hamrakura.JPG.jpeg

दोलखा/ ९० सालको भूँईचालो राम्रैसँग छ याद छ दलबहादुर थापालाई । ९० वर्ष पुग्दै गर्दा ७२ सालको भूकम्प पनि आफ्नै आँखाले देख्न पाए । सानो झुपडीमा बसिरहेका उनलाई भूकम्पले टहरामा सारिदियो । वृद्ध शरिर वर्षा  त जसोतसो कट्यो । हिउँदमा भने साह्रै गाह्रो पारेको थियो । शरिर न्यानो बनाउनका लागि लुगाफाटोका कमि थियो। 

गाँउमा नेपाल युवा संस्था सञ्जाल (आयोन)को टोली उनको घरमा सिरक लिएर पुगेपछि उनले बाँकी जाडो राम्रैसँग जाला भन्ने ठानेका छन् । 'अली अगाडी नै दिएको भए झनै जाति हुन्थ्यो । अझै पनि जाडो त बाँकि नै छ', शिरक बुझ्दै उनले भने । आयोनले उनि र उनको गाँउका ६५, र छिमेकी गाँउ पाईलेका १६१ र पात्लेका ८९ परिवारलाई सिरक वितरण गरेको थियो । वडामा रहेका वृद्ध, सुत्केरी महिला तथा बालबालिकाहरुलाई प्राथमिकतामा राखेर राहत वितरण गरिएको आयोनका कार्यसमिति सदस्य अनिल सिंखडाले जानकारी दिए। राहत वितरण आयोनका आर्या श्री अर्याल र प्रताप अधिकारीले गरेका थिए ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ