arrow

ब्राजिलको रुस विश्वकपका लागि तयारी यसरी भयो सुरु

यसो भने नेयमारले 

logo
प्रकाशित २०७५ जेठ १५ मंगलबार
brazil1.jpg

काठमाडौं । ब्राजिलले रुस विश्वकपका लागि आफ्नो तयारी सुरु गरेको छ । सोमबारबाट ब्राजिलले लण्डनमा रहेको टोटनह्यामको ग्राउण्डमा आफ्नो विश्वकपको तयारी सुरु गरेको हो । 

आगामी जुन ६ सम्म ब्राजिलले उक्त मैदानमा आफ्नो तयारी जारी राख्नेछ । जुन ६ मा ब्राजिलको टोली रुस प्रस्थान गर्नेछ । ब्राजिलका प्रमुख स्ट्राइकर नेयमारले पनि सुरुवाती प्रशिक्षणमा भाग लिएका छन् । 

 सोमबारको सुरुवाती पशिक्षणको क्रममा खेलाडीहरु फिटनेसमा सही अवस्थामा देखिएका छन् । दुई मैत्रीपूर्ण खेल खेल्नुअखघि ब्राजिलका सबैजसो खेलाडीहरु तयारी अवस्थामा रहेका हुन् । 

आइतबार ब्राजिल र क्रोएसियाको बीचमा मैत्रीपूर्ण खेल हुँदैछ भने उसले अष्ट्रियासँग पनि एक मैत्रीपूर्ण खेल खेल्नेछ । ब्राजिलको टोलीमा म्यानचेस्टर युनाइटेडका ग्राबियल जेसस, चेल्सीका फिलिप लुइसलगायतका खेलाडीहरुले पनि सोमबार आफ्नो फिटनेस परिक्षण गरेका थिए । 

जुन १७ मा ब्राजिलले रुस विश्वकपमा आफ्नो पहिलो खेल स्विट्जरल्याण्डविरुद्ध खेल्दैछ । उसको टोलीमा कोस्टारिका र सर्विया पनि रहेका छन् । नेयमारले आफ्नो खुट्टामा लागेको चोटको कारण गएको फेब्रुअरीयताका खेलहरु खेलेका छैनन् । 

अहिले भने आफू स्वस्थ्य रहेको नेयमारले बताएका छन् । उनले अझै पनि आफूले पूर्णरुपमा स्वस्थ महसुस गर्न नसकेको तर खेलमा यसले कुनै किसिमको असर नपार्ने बताए । 

उनले आफू लामो समयपछि फर्किएको कारण आशा गरिएअनुसारको नतिजा दिन सक्दिनँ कि भन्ने चिन्ता भने रहेको बताए ।

Gabriel Jesus was also in action as Brazil get ready to launch their fight for the World Cup

Former Chelsea player Felipe Luis controls the ball during Monday's session in north London

The squad will prepare in the capital until June 6 when they plan to take to their camp in Russia

Brazil will play friendlies against Croatia and Austria as they prepare for tournament 

Neymar claims he will be fully fit but hasn't played a competitive match since February

The squad will kick off their campaign in Russia against Switzerland on June 17

Paris Saint-Germain defender Marquinhos slides in for a challenge as the drills progress

Alisson is Roma's goalkeeper and has impressed this year, he could be a target for Liverpool

Neymar juggles the ball as he enjoys getting back to playing after serious foot injury



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ