arrow

यसरी गर्दैछ बेल्जियमले रुस विश्वकपको तयारी

logo
प्रकाशित २०७५ जेठ १५ मंगलबार
belgium1.jpg

काठमाडौं । बेल्जियमले यस पटकको विश्वकपको तयारी तीव्र पारेको छ । सोमबारदेखि अबको केहीदिनमा हुन गइरहेको पोर्चुगलसँगको खेलअघि टोलीले तयारी तीव्र पारेको हो । 

रुस विश्वकपभन्दा अगाडि टोलीलाई सही अवस्थामा राख्नका लागि तयारी तीव्र पारिएको बेल्जियमले बताएको छ । शनिबार हुन गइरहेको पोर्चगलसँगको मैत्रीपूर्ण खेललाई मध्यनजर गर्दै टोलीको प्रशिक्षण सुरु भएको हो । 

बेल्जियमको लागि भिन्सेन्छ कोम्पनी, केभिन डे ब्रुयन, टोबि अल्डरवायर्डलगायतका खेलाडीहरु यसअघिका प्रमुख प्रतियोगिताहरुमा बेहोरेको निराशाजनक नतिजालाई सुधार गर्दै सफलता हासिल गर्ने योजनामा अघि बढिरहेका हुन् । 

शनिबार पोर्चुगलसँग खेलेसँगै बेल्जियमले रुस विश्वकपअघि इजिप्ट र कोस्टारिकासँग पनि मैत्रीपूर्ण खेल खेल्नेछ । बेल्जियमको फुटबल संघले यसपटकको विश्वकपको दोस्रो चरणमा टोली पुग्ने विश्वास व्यक्त गरेको छ । 

यो टोलीले जुन १८ मा विश्वकपको पहिलो खेल पानामासँग खेल्नेछ । 

Vincent Kompany, Kevin De Bruyne and Mousa Dembele speak while jogging around the pitch

Kompany uses a foam roller as he warms up ahead of training with his compatriots

Nacer Chadli and Christian Benteke also warm up together in the sun on Monday

Belgium manager Roberto Martinez keeps a close eye on proceedings as his players stretch

Martinez and his Belgium squad begin their World Cup campaign against Panama on June 18

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ