arrow

फोरम सरकारमा, राजपालाई मन्त्रालय नै छैन

logo
प्रकाशित २०७५ जेठ १७ बिहिबार
forum-rajapa.png

काठमाडौं। संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी हुने टुंगो लागेपछिमन्त्री हुने व्यक्ति छान्ने जिम्मा पार्टी अध्यक्ष उपेन्द्र यादवले पाएका छन्। यसैबीच राजपन अहिलेसम्म सरकारमा सहभागी नहुने अडानमा छ। फोरम सरकारमा आउँदा राजपालाई कुनै पनि मन्त्रालय छैन। यो अवस्थामा नेकपाबाट सहभागी मन्त्री फिर्ता बोलाउनुपर्ने हुन्छ।

फोरमलाई शहरी विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालय दिने तयारी भएको स्रोतले जनाएको छ। पछिल्लो सहमतिअनुसार फोरमले एक राज्यमन्त्री पनि पाउने भएको छ। (नेपाल समाचारपत्र)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ