arrow

विश्वकपमा रोनाल्डोका दोस्रो पुस्ताका सहयात्रीहरु

logo
प्रकाशित २०७५ जेठ १७ बिहिबार
portugle.jpg

काठमाडौं । रुस विश्वकपको दाबेदारमध्येको एक टोली हो पोर्चुगल । क्रिस्टियानो रोनाल्डोको यो टोलीले यसपटकको विश्वकपमा राम्रो प्रदर्शन गर्ने अनुमान गरिएको छ ।
 
यसपटकको विश्वकपको समुह बी मा रहेको यो टोलीले स्पेन, इरान, मोरोक्को जस्ता टोलीको सामना गर्दा निम्न खेलाडीहरु उसको लागि महत्वपूर्ण हतियार बन्न सक्छन् –

१. बर्नान्डो सिल्भा
म्यानचेस्टर सिटीका २४ वर्षीय यी खेलाडी यसपटक पोर्चुगलको लागि महत्वपूर्ण हतियार बन्न सक्छन् । २०१६ को युरोकपमा राम्रो प्रदर्शन गरेका यी खेलाडीले मोनाको तथा म्यानचेस्टर युनाइटेडबाट घरेलु लिग खेल्दा केही महत्वपूर्ण उपाधिहरु पनि जितिसकेका छन् । उनको निकै सहज किसिमले बल छुने र आफ्नो गतिमा एक्कासी परिवर्तन ल्याउन सक्ने किसिमको क्षमताको कारण रुस विश्वकपमा धेरैको आँखा उनीमाथि पर्नसक्छ ।

२.  ब्रूनो फर्नान्डेज
पोर्चुगलको दोस्रो पुस्ताका महत्वपूर्ण खेलाडी हुन् – ब्रूनो फर्नान्डेज । यी खेलाडी निकै सिर्जनात्मक किसिमले फुटबल खेल्ने गर्छन् । उनले पोर्चुगलको टोलीमा सन् २०१७ मा डेब्यु गरेका हुन् तर उनले रियो ओलम्पिक फुटबलमा पनि सहभागिता जनाएका थिए । यी मिडफिल्डर महत्वपूर्ण समयमा गोलको अवसर सिर्जना गर्ने मामिलामा निकै अगाडि छन् ।
 
३. गेल्सन मार्टिन्स
पोर्चुगलको नयाँ पुस्ताका खेलाडीको कुरा गर्दा नछुट्ने नाम हो – गेल्सन मार्टिन्स । रुस विश्वकपको दोस्रो चरणको छनोट खेलमा उनले पोर्चुगलको टोलीमा मौका पाएका थिए । उनले आफ्नो दोस्रो खेलमा नै २२ मिनेटभित्र दुई गोलको अवसर सिर्जना गरी आफूलाई अब्बल साबित गरेका थिए । उनले सन् २०१५ मा भएको यू–२० विश्वकपमा पनि दुई गोल गरेका थिए । साथै उनले फेडेरेसन कपमा पनि कास्यपदक हासिल गरेका थिए ।

४. आन्द्रे सिल्भा
एसी मिलानबाट व्यावसायिक फुटबल खेलिरहेका २२ वर्षीय यी खेलाडीबाट पनि पोर्चुगलले राम्रो आशा गरेको छ । स्ट्राइकरको भूमिकामा आउने यी खेलाडीले रोनाल्डोलाई राम्रो साथ दिने अपेक्षा गरिएको छ । अहिलेसम्म पोर्चुगलको तर्फबाट खेलेका खेलहरुमा उनले औसतरुपमा प्रत्येक खेलमा एकभन्दा बढी गोल गरेका छन् ।

५. नोन्कालो ग्युडेस
२१ वर्षीय यी खेलाडीले पोर्चुगलको टोलीमा राम्रो प्रदर्शन गर्नसक्ने खेलाडीको रुपमा हेरिएको छ । उनले पोर्चुगलको टोलीमा यू–१५ देखि नै राम्रो प्रदर्शन गर्दै आइरहेका छन् । भ्यालेन्सियाको लागि यो सिजनमा निकै राम्रो प्रदर्शन गर्दै उनले ११ गोलमा सहयोगीको भूमिका निर्वाह गरेका थिए भने पाँच गोल गरेका थिए ।

६. रुबेन डायस
२१ वर्षीय यी खेलाडीले भर्खरै मात्र पोर्चुगलको टोलीमा डेब्यु गरेका हुन् । उनले यसै साता मात्र ट्युनिसियाविरुद्ध डेब्यु गरेका हुन् । एक वर्षअघि कोरियामा भएको यू–२० विश्वकपमा उनले आफ्नो टोलीमा कप्तानीको भूमिका निर्वाह गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ