arrow

देशले आजै ५ वजे सम्म नयाँ राष्ट्रपति पाउने

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
829714887.jpeg
काठमाडौँ। सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति चयनको लागि मतदान सुरु भएको छ। नयाँ बानेश्वरस्थित व्यवस्थापिका–संसद् सचिवालयमा अहिले बिहान ११ बजेबाट मतदान प्रक्रिया सुरु भएको हो।
 
नयाँ संविधान जारी भएपछि पहिलोपटक राष्ट्रपति पदको लागि भएको उक्त निर्वाचनमा नेकपा (एमाले) का उपाध्यक्ष विद्यादेवी भण्डारी र नेपाली काँग्रेसका पूर्व महामन्त्री कुलबहादुर गुरुङ प्रतिस्पर्धामा हुनुहुन्छ।
 
यो मतदान ११ बजेबाट सुरु भई अपराह्न २ बजेसम्म चल्नेछ । मतदान सकिएपछि अपराह्न २:३० बजेबाट मतगणना प्रारम्भ हुने र अपराह्न ५ बजे बस्ने संसद्को बैठकमा मत परिणाम घोषणा गरिने संसद् सचिवालयले निर्वाचन कार्यतालिका बनाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ